नेपालमा हालसम्म १ सय ३७ जना कोरोना संक्रमितको मृत्यु

Rapid-Corona-Test

नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा नेपालमा एक महिला सहित १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

काठमाडौं सहित ११ जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा गरी १/१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयाे ।

यसअघि बिहिबार ६ जना संक्रमितको मृत्यु भएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार साँझसम्म १२ हजार १३२ सक्रिय संक्रमित रहेका छन्।  सक्रिय संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा धेरै छ। १२ हजार १ सय ३२ सक्रिय संक्रमितमध्ये प्रदेश २ मा मात्र ४ हजार ७ सय ९० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा बागमती दोस्रो स्थानमा छ। बागमती प्रदेशमा ३ हजार २ सय  ७१ जना छन्।  त्यस्तै प्रदेश १ मा १ हजार ३ सय ७, प्रदेश ५ मा १ हजार १ सय ९, सुदूरपश्चिममा ९ सय ६१, गण्डकी प्रदेशमा ३ सय ६६ र कर्णाली प्रदेश सबैभन्दा कम ३ सय २८ जना सक्रिय संक्रमित छन्।

नेपालमा शुक्रबार साँझसम्म सक्रिय संक्रमित, निको भएका, मृत्यु भएकासहित जम्मा संक्रमण देखिएको संख्या ३० हजार ४८३ छ। यीमध्ये १३७ जनाको मृत्यु भएको छ भने १८ हजार २१४ जना निको भएका छन्।

 

Comments

comments