संयुक्त अनुगमन सम्पन्न

157338510_2617309565082363_6259706471565077854_n

रसुवा, सामाजिक संस्था जनजागृती महिला समूह रसुवाले गरेको कामको बिभिन्न निकायबाट संयुक्त अनुगमन सम्पन्न भएको छ ।157755358_2617309531749033_4052559245773572871_n

संस्थाले सन २०१८ देखि कालिका गाउँपालिका वडा नं १ र २ मा क्रिस्चियन एड बेलायतकाे सहयोगमा वडा तथा गाउँपालिकामा समन्वय गरेर कार्यक्रम गरेको थियो । मूख्य गरी संस्थाले लैङ्गिक समानत , महिलाहरुको प्रजनन् स्वास्थ्य समस्या न्युनिकरण, बाल बिबाह न्युनिकरण तथा जिवीकोपार्जन र कोभिड–१९ राहतको कार्यक्रम गरिएको संस्थाका कार्यक्रम संयोजक भद्रा राजभण्डारीले जानकारी दिनुभयो ।

कालिका गाउँपालिका वडा नं १ ग्राङका महिलालाई तालिम प्रदान गरी सेनिटरी प्याड तयार गरेर बजारमा ल्याएको, कालिका -१ र २ मा तरकारी खेती तथा कुखुरा पालनमा सहयोग गरेको किसानहरुकोमा अनुगमन भयो । अनुगमनका क्रममा कुखुरा पालन तथा तरकारी खेतीबाट आयआर्जत गरेको लाभग्राहीहरुले बताए ।156873722_2617332345080085_8704033275405497465_n

गोम्बोडाडाकी पेमाबुटी तामाङले संस्थाले गरेको सहयोगपछि टनेलमा रायो, काउली बन्दा लगायत ताजा तरकारी उत्पादन गरेर खान पाएको र केही बिक्री गरेर आम्दनी लिएको बताइन् । त्यस्तै गरी बिनुमाया, मीङमार, कामीस्या तामाङलगायतले संस्थाले २ सय कुखुराको चल्ला , दानालगायत सहयोग गरेपछि कुखुरा पालनबाट आम्दानी लिएको बताए । भाले कुखुरा १ हजार ६ सयदेखि २ हजार रुपियाँमा बिक्री गरेको बताए ।  कामीस्या तामाङले जनजागृती महिला समूह गरेकाे सहयाेगले अाफुले व्यवसाय थालेकाेले संस्थालाइ धन्यवाद दिइन् । अनुगमनका क्रममा कालिका गाउँपालिका उपाध्यक्ष भवानी न्याैपाने लगायत जनप्रतिनिधी , पत्रकारहरू सहभागी थिए । 156897215_2617309588415694_24413367569830139_n

Comments

comments