नि:शुल्क आँखा शिविरबाट ६८ जनाकाे आँखा जाँच तथा औषधि उपचार

eye camp

रसुवा, जिल्लाको कालिका गाउँपालिकामा ०७७ चैत्र ३ र ४ गते भएको आँखा शिविरबाट ६८ जनाले आँखा जाँच तथा  औषधि उपचार पाएका छन् भने एक जनाको शल्यक्रिया भएको छ ।

 तिलगंगा आँखा प्रतिष्ठानeye campकाे नेपाल आँखा कार्यक्रम अन्तर्गत जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाईटी रसुवा जिल्ला शाखाको आयोजनामा कालिका गाउँपालिका कालिका र युवा क्लव हाई कम्स नेपाल ग्लोबल आइएमई बैंक धुन्चे र नौकुण्ड शाखाको समन्वयमा मोतियाविन्दु भएका र एक जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको हाे । मोतियाविन्दु शिविरका लागी तिलगंगा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा.रोहित सैजुले आँखा जाँच तथा  औषधि उपचार गर्नुभएको थियो ।

२०६३ सालमा रसुवा जिल्लामा स्थापना भएको सामुदायिक आँखा केन्द्रले जिल्लाका गाउँ गाउँमा हरेक वर्ष आँखा जाँच तथा  औषधि उपचार गरी  शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको डा.सुपेन्द्र ताम्राकारले बताउनु भयो । ग्रामीण वस्तीका आम नागरिकहरुलाई सहज वातावरणमा आँखाको चेक जाँच गरी आफ्नै घर आँगनमा विशेषज्ञ टोलीमार्फत आँखा जाँच तथा  औषधि उपचारका लागि टाढा जानु नपर्ने र भएर बेला बेला मा यस्तै शिविरमार्फत आँखा को उपचार नि:शुल्क गरेपछि आँखा  स्वास्थ्यमा राहत हुने स्थानीयले बताए । शिविरले आर्थिक भार कम हुने नागरिक समाज तथा रेडक्रस सोसाईटी रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

Comments

comments