रसुवा, पौडेल बंश महासंघ रसुवाले बुधबार रामनवमीको दिन रसुवा र नुवाकोटको संगमस्थलमा पर्ने पवित्र तीर्थस्थल उत्तरगयाधाममा विविध कार्यक्रमको आयोजना गरी वार्षिक कार्यक्रम सम्पन्न भयाे ।
बुधबार रामनवमीको दिन रसुवा र नुवाकोटको संगमस्थलमा पर्ने पवित्र तीर्थस्थल उत्तरगयाधाममा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिक कार्यक्रम मनाईएको जिल्ला महासंघका सचिव प्रेमप्रसाद पौडेलले बताउनुभएको छ । कार्यक्रममा रसुवाली पौडेलहरूको ऐतिहाँसिक पक्षहरू सम्मिलित सूचनासहितको क्यालेण्डर बिमोचन गरिएको छ । क्यालेण्डरमा समाबेश गरिएको सूचना अनुसार राजा पृथ्वीनारायण शाहको पालामा रसुवा आएका तत्कालीन गोरखा दरबारका पण्डित जयमंगल पौडेल र उनका भाई जयभद्र पौडेल नै रसुवाली पौडेलहरूको मूल पुरूष रहेको जनाइएकाे छ ।
जयमंगल पौडेल र श्रीमती गौरीदेवीले उत्तगया धाममा राममन्दिर निर्माण गरी पूजाआजा चलाउने र लहरेपौवामा रहेका पौवाघरहरूमा गोसाइँकुण्ड आउने तीर्थालुलाई दही घुमसहितको सेवा सत्कार र खाना बासको प्रबन्ध मिलाउने शर्तमा बेत्रावतीदेखि माथिको डाँडो धैबुङ गाउँ सदावर्त गुठीको रूपमा प्राप्त गरेका थिए । राममन्दिर र यसका वरपर लामो समयसम्म कायम रहेको गुठी र पौवाघरलगायको ऐतिहाँसिक पक्षहरू मासिएकोले यसको खोजी, संरक्षण र संवर्दन गर्नुपर्ने भेलामा सहभागीहरूले जोड दिए ।
कार्यक्रममा पौडेल बंश महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा वागमती प्रदेशका संयोजक दिपकप्रसाद पौडेल, महासंघका केन्द्रीय सदस्य नारायण पौडेल, रसुवा जिल्ला महासंघका अध्यक्ष रामप्रसाद पौडेल, धादिङ जिल्ला पौडेल बंश महासंघका अध्यक्ष प्रकाश पौडेल, जिल्ला महासंघका सल्लाहकार सदस्य पुरुषोत्तम पौडेल, देवकोटा बन्धु समाजका प्रतिनिधी विष्णुप्रसाद देवकोटा, जिल्ला महासंघका उपाध्यक्ष रमेशकुमार पौडेल, नौकुण्ड–कालिका गाउँपालिकास्तरीय समितिका संयोजक रत्नप्रसद पौडेल, उत्तरगया गाउँपालिकास्तरीय समितिका संयोजक रामशरण पौडेललगायतले पौडेल बंश, इतिहास र भावी कार्यदिशाका बारेमा आफ्नो धारणा राख्नुभयो ।
रसुवा जिल्लामा बसोबास गर्दै आइरहेका र रसुवा थातथलो भई विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका पौडेल दाजुभाईको बंश उत्थान कार्यका लागि बंश उत्थान कोषको स्थापना गरिएको पनि महासंघका जिल्ला अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिनुभएको छ । कार्यक्रममा क्यालेण्डर बिमाेचन समेत भएकाे थियाे ।
Related Posts
- ‘तिमी र म घुम्न जाउँ’ भन्दै नायक नबराज श्रेष्ठ र गायिका ईशा कार्की (भिडियोसहित)
- स्थलगत चित्रकला गर्दै ‘रसुवा कला यात्रा’ सुरु
- जिल्ला स्तरीय फुटबलमा ठूलोगाउँ ‘ए’ समूह विजयी
- दशैकाे अवसरमा शिलाेक र दुवा दाेहाेरी
- गायिका पाण्डेकाे नयाँ भिडियो कोशेली
- बेहुली शृंगार प्रतियोगिता ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि सौन्दर्य जेन्ट्स एन्ड लेडिज शैलुनलाई