रसुवा, वैशाख २४ गते । जिल्लामा काेराेना भाइरस (काेभिड- १९) काे दोस्रो लहर सुरु भएसँगै सक्रिय संक्रमितको संख्या १ सय ३२ पुगेको छ । बिहीबार ३२ जना संक्रमित थपिपछि सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३२ पुगेको हो ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार RT PCR गर्दा गोसाइँकुण्डमा २४, कालिकामा ३५, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्मो गाउँपालिकामा ११ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमित मध्ये १० जना संस्थागत र १ सय २२ जना होम आइसोलेसनमा बसेकाे कार्यालयकाे नियमित अपडेटमा उल्लेख छ ।
रसुवामा हालसम्म कुल ३ सय १३ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार १९ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ५५ नेगेटिभ र ३ सय १३ पोजेटिभ रिपाेर्ट आएको थियो ।
Related Posts
- मानव जीवनको लागि सौन्दर्य अति अपरिहार्य छ – वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ
- सिटिइभिटीका सबै परीक्षा रद्द हुने
- काेराेना संक्रमण बढ्दै
- अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार
- क्यान्सरलाई जितेर फर्किएका समाचार प्रमुख पौडेललाई मकालु टेलिजिनमा स्वागत
- कोरोना विरुद्धको १५ सय डोज मोडर्ना खोप फिर्ता