मैलुङ खोला जलविद्युत कम्पनीकाे सेयर ६ वर्ष पछिमात्र बेच्न पाउने

MKJC

रसुवा, उत्तरगया र कालिका गाउँपालिका  क्षेत्रमा रहेकाे मैलुङ खोला जलविद्युत कम्पनीका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाइ दिइएकाे सेयर ६ वर्ष पछि मात्र बेच्न पाउने भएका छन् । आयोजना प्रभावित स्थानीयालाई कम्पनीले  शेयर निष्काशन गरेको लामो समयपछि सर्वसाधारणलाई सेयर निष्काशन गरेकोले (लकिङ्ग परियड) का कारण कम्पनीको सेयर तत्कालन बिक्री गर्न नपाउने भएको हो ।

आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको करिब ४ वर्षपछि सर्वसाधारणलाई सेयर वितरण गरेकोले स्थानीयलाई सेयर वितरण गरेको ६ वर्षपछि मात्र सेयर बिक्री गर्न पाउने भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि २०७४ जेठ १७ गतेदेखि ३१ गतेसम्म सेयर निष्काशन गरी २०७४ असार ३० गते बाँडफाँट गरेको थियो । ०७८ असार २३ गते देखि २८ गतेसम्म बल्ल सर्वसाधारणको लागि सेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई निष्काशन गरेको उक्त सेयर कम्पनीले साउन २६ गते बाँडफाँड गरेको थियो ।

Comments

comments