राष्ट्रपति भण्डारीद्वारा उत्तरगया धामकाे भ्रमण

294995232_4871578662942505_8177267796780199649_n

०७९ साउन ६ गते बेत्रावती , नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पावित्र धार्मिक धाम बेत्रावतीमा रहेको उत्तरगया धामको दर्शनको लागि आज रसुवा आइपुग्न भएको छ ।295228817_4871578049609233_1313250656348682501_n

ऐतिहासिक तथा धार्मिक स्थाल चारमध्ये एक धामका रूपमा परिचित उत्तरगयाधाममा पुजा गर्नको लागि राष्ट्रपति भण्डारी रसुवा आउनुभएकाे हो । उत्तरगयाधामको दर्शन गरेपछि राष्ट्रपति भण्डारीले नेपाल चीनविच युद्धविराम भएको स्थलको समेत अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवि भण्डारीले उत्तरगया धामको प्रचारप्रसार गरे यसले आन्तरिक र बाह्य पर्यटकहरु समेत आर्काषित गराउने बताउनुभयो । बेत्रावतीलाई पवित्र उत्तरगयाधामका रूपमा परापुर्वकालदेखि नै चिनिँदै आएको छ । उत्तरगयाधाममा पुजा पछि राष्ट्रपति भण्डारीले रसुवाका जनप्रतिनिधिहरुसँग भेटबार्ता गर्नु भएको थियो । राष्ट्रपतिको यो भ्रमण उत्तरगयाधामको आज बढी प्रचारप्रसार भई अन्तारिक तथा बाह्य पर्यटकमा बृद्धि भई यस क्षेत्रका जनताको आर्थिक अवस्थामा बृद्धि हुने विश्वास लिएको उत्तरगया गाँउपालिका प्रमुख माधब आर्यलले बताउनुभयाे । ।

तीन नदीको सङ्गमस्थल रहेको बेत्रावतिमा भैरवकुण्डबाट बग्ने रुद्रगंगा, गोसाईकुण्डबाट बग्ने त्रिशूली र महादेवले वेत्र अर्थात बेतको लट्ठीले कोपेर निकालिएको भनिएको वेत्रगंगा यही जोडिएको छ । विसं २०१९ मा दुई ठूला नदीको बाढीको चपेटामा परी पुरिएको वेत्रगंगालाई वि.सं २०४८ मा योगी नरहरिनाथले उत्खनन गराए पनि त्यसपछिको बाढीले अदृश्य गराएको र जमिन मुनिबाट मात्र त्यस स्थानमा जोडिएको छ । वेत्रगंगाको पानी केही फरक रङको र अन्य नदीको भन्दा तातो पनि रहको स्थानीय बताउँछन् ।

उत्तरगया धत्राम अर्थात वेत्रावती क्षेत्रमा पुसमा पर्ने औँसी गंगादशहरा, जनैपूर्णिमा, गाईजात्रा, कुशेऔँसी, ठूलो एकादशी, बालाचतुर्दशी र माघे सङ्क्रान्तिजस्ता पर्वहरूमा मेला लाग्ने गर्दछ । यहाँ परापूर्व कालदेखि नै सांस्कृतिक धरोहरका रूपमा यस क्षेत्रको अस्तित्व स्थापित भएको पाइन्छ । स्कन्द पुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवीगंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ ।

294975925_4871578289609209_1374997302597006917_n

Comments

comments