मृत्यु संस्कारमा मदिरा प्रयोग नगरे वडा कार्यालयले नगद प्रदान गर्ने

Thuman

रसुवा, साउन १५ गते । गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १ काे कार्यालय थुमनले धार्मिक परम्परा अनुसार मृत्यु पश्चातकाे संस्कार कार्यमा गरिने मदिरा प्रयोग नगरेमा मृतक परिवारलाई  प्रोत्साहन स्वरुप नगद सहयोग गर्ने भएका छन् ।

धार्मिक परम्परा अनुसार मृत्यु पश्चात गरिने संस्कारमा मृतकमा परिवारले मदिरा प्रयोग गर्दा परिवार र  आफन्तको पनि खर्च बृद्धि हुने र खाने व्यक्तिको पनि स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकोले यस्ताे कुरालाइ ध्यानमा राखेर मृत्यु पश्चात गरिने क्रियाकलापहरूमा मदिरा प्रयोग नगरेको प्रमाण पेस गरेमा मृतक परिवारलाई प्रोत्साहन स्वरुप नगद १५ हजार  उपलब्ध गरिने वडा अध्यक्ष उर्केनछिरिङ तामाङ बताउनुभयो । बिकृति र बिसंगति न्यून गर्नका लागि यस्ताे कार्यक्रम ल्याएकाे उहाँले बताउनुभयाे । Thuman

आफ्नो कार्यकालमा विभिन्न धार्मिक संस्कार, परम्परा र संस्कृतिबाट जनताको फजुल खर्च घटाउने र समाजमा रहेकाे विकृति विसंगतिलाई हटाउन भूमिका खेल्ने वडा अध्यक्ष तामाङले बताउनुभयाे । मादक पदार्थ वा रक्सीको सेवनले स्वस्थ्यमा खराव असर पर्छ भन्ने त सबैलाई थाहै छ । यसबारेमा धेरै बताईरहनु पर्दैन । नियमित मदिरा सेवनले बिभिन्न रोग लाग्ने ठूलो नोक्सानी पु¥याउँछ उहाँले भन्नुभयाे ।

स्वास्थ्यकर्मीका अनुसार  दैनिक मदिरा सेवन गर्नाले मुखमा क्यान्सरको सेल बढाउँदै जान्छ । जसले मुखमा क्यान्सर हुने खतरा बढ्दै जान्छ । मदिराले घाँटीको क्यान्सर पनि हुन्छ । लामो समयसम्म मदिरा सेवन गर्ने बानीले घाँटीको क्यान्सर मात्र होइन, रगत बान्ता गर्ने समस्या समेत देखिन थाल्छ । मदिरा सेवनले लिभरका समस्या अर्थात कलेजोको संक्रमण गराउँछ । कलेजोको सुरक्षाका लागि मदिरा सेवन खतरनाक मानिन्छ । निरन्तर मदिरा सेवनका कारण कलेजो ड्यामेज नै हुन सक्छ । दैनिक मदिरा सेवनले शरीरको रक्तसञ्चार बिगार्छ । परिणाम ब्रेन स्ट्रोकको खतरा बढ्दै जान्छ ।

मदिराले मुटुमा पनि असर पार्छ । मुटु मानव शरीरको अति संवेदनशील अंग हो । शरीरमा मदिराको मात्रा बढ्दै गयो भने रक्त सञ्चारको गति पनि तीव्र हुन्छ । चिकित्सकका अनुसार उच्च रक्तचापका कारण कुन समयमा मानिस मृत्यु नजिक पुग्छ भन्ने टुंगै हुँदैन । नियमित मदिरा सेवनका कारण निम्तिने अर्को रोग उच्च रक्तचाप पनि हो । ३० एमएल मदिरामा एक सय क्यालोरी हुन्छ । यति मात्र होइन, मदिरा सेवनले ब्रेनमा डोपामाइन हर्मोन उत्पादन गर्छ । डोपामाइनको बृद्दिको कारण तीव्र गतिमा रक्तसञ्चार बढ्न थाल्छ । जसको कारण रक्तचापको लेभल बढ्दै जान्छ । मदिराले मुटुको कम्पनलाई समेत बढाउँछ । रगतमा असर पर्दै जाँदा रगतमा चिनीको मात्रा पनि कम हुँदै जान्छ । फलस्वरूप आँखा धमिलो हुने समस्या देखा पर्छ । शरीरमा मदिराको मात्रा बढ्दै जाँदा कार्टिसोल हर्मोनको मात्रा पनि बढ्छ र तनावलाई बढ्छ ।

Comments

comments