जिल्ला समन्वय समिति रसुवाको वार्षिक समीक्षा तथा सातौं जिल्ला सभा सम्पन्न

DCC

रसुवा ०७९ भदाै १७ गते । जिल्ला समन्वय समिति रसुवाको वार्षिक समीक्षा तथा सातौं जिल्ला सभा सम्पन्न भएको छ । सम्पन्न जिल्ला सभाले २० वटा निर्णयहरु पारित गर्दै संघीय सरकार, प्रदेश सरकार र विकासका साझेदारहरुसँग समन्वय गरी स्थानीय तहहरुको मागको आधारमा जनप्रतिनिधिहरु तथा विकास निर्माण कार्य कार्यक्रममा समन्वय गर्ने नीति लिएको छ ।

303234363_8035483659826949_2511936215156679571_n (1)

साथै संघ, प्रदेश, स्थानीय तहहरु र विकासका साँझेदारहरुबीचमा जिससको समन्वयकारी भूमिकालाई थप प्रभावकारी र सकृय बनाउँदै सबै स्थानीय तहबाट सञ्चालित योजना तथा कार्यक्रमहरुको गुणस्तरीयता सुनिश्चित गर्न अनुगमन तथा निरीक्षणलाई व्यवस्थित र नतिजामूखी बनाइने लक्ष्य लिइएको जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बताउनुभयाे ।

वागमती प्रदेश अन्तर्गत रहने गरी रसुवामा कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल, पूर्वाधार विकास कार्यालय र खानेपानी तथा सरसफाई कार्यालय स्थानपना गर्न प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय जिल्ला सभाले गरेकाे छ । स्थानीय तहका जनप्रतिनिधिहरुबाट आएका विकासी निर्माणका योजनाहरु सम्बन्धित निकायमा अनुरोध तथा समन्वय गर्ने निर्णय जिल्ला सभाबाट पारित भएका छन् । जिल्ला सभामा ५ वटै स्थानीय तह, जिल्ला स्थित सरकारी कार्यालय र जलविद्युत आयोजनाहरुले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना, खर्च तथा प्रगति विवरण प्रस्तुत गरेको थियो ।

यस्तै, जिल्ला समन्वय समिति रसुवाको वार्षिक समिक्षा तथा सातौं जिल्ला सभाको उद्घाटन सभा कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेश सभा सदस्य सांसद प्रेमबहादुर तामाङ, विशेष अतिथि संविधान सभा सदस्य छोवाङ तेन्जिन तामाङ हुनुहुन्थ्याे । जिल्ला सभामा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, जिल्ला समन्वय समिति, रसुवाका उप प्रमुख विजय लामा, जिल्ला समन्वय समितिका सदस्यहरु, राजनीतिक दलका प्रमुख, प्रमुख प्रशासकीय अधिकतहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जलविद्युत आयोजना प्रतिनिधिहरुले सभामा आफ्नो प्रगति प्रस्तुत गर्दै जिल्ला समन्वय समितिलाई निरन्तर अनुभव आदानप्रदानको क्रियाकलाप सञ्चालन गरिदिन र जिल्लामा रहेका सरकारी कार्यालय र स्थानीय तहलाई जोड्दिने माध्यम बनिदिन आग्रह गरेका छन् ।

DCC

Comments

comments