एमाले प्रदेश सभा सदस्यको उम्मेदवार सिफारिस

UML

रसुवा, भदाै १९ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले रसुवाको शानिवार धुन्चेमा जिल्ला कमिटीको बैठकले मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रदेश सभा सदस्यको उम्मेदवारको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा सदस्य प्रत्यक्ष भने उम्मेदवारको नाम सिफारिस हुन बाँकी रहेको छ ।

प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा भने ४ जना चर्चा चलेकाे छ यस अघि २ पटक उम्मेद्दवार भएका पार्टी सचिव जनार्दन ढकाल, कर्न्याल लामा, छाेवाङतेन्जिङ तामाङ र तेम्रेल लामा चर्चामा छन् । ०७० सालमा रसुवामा प्रतिनिधि सभा सदस्य विजयी ढकालले नउठेमा अरू नेताहरू तयार रहेकाे पार्टीका एक जिल्ला नेताले बताएका छन् । छलफल गरेर टुङ्गाे लगाउन केन्द्रीय सदस्य माधव अर्यालकाे नेतृत्वमा ९ सदस्य कार्यदल बनेकाेले कार्यदलले टुङ्गाे लगाउने छ ।

शनिवार धुन्चेमा सम्पन्न जिल्ला कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदारको नाम सिफारिस गर्न बाँकी रहेको र यसलाई जिल्लाका पदाधिकारीहरुबाट टुग्याउने सहमति भएको तर दवै प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम र प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको नाम नेकपा एमाले बागमती प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरेकाे नेकपा एमाले पार्टी अध्यक्ष कर्नेल तामाङले जानकारी दिनुभयो ।

UML

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेशस भाका लागि  २ सदस्य रहने छ । जिल्लामा प्रतिनिधि सभा समानुपातिकमा बेली बुलुन र कारग्याल्मो श्रेष्ठको नाम सिफारिस गरिएको हो ।प्रदेश (क) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ दुई जना मात्र आकांक्षा देखिए । प्रदेश (क) को प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फबाट संविधान सभा सदस्य छोवाङ तेन्जिन तामाङ र कुलप्रसाद भट्टले रहेका छन् भने प्रदेश (क) समानुपातिक तर्फ ९ जनाले उम्मेदवार नाम दर्ता गरिएको छ । प्रदेश (क) समानुपातिकमा पार्टी अध्यक्ष समेत रहेका कर्नेल तामाङ, रिटु पेमा तामाङ, शम्भु गुरुङ, मेन्दो छिरिङ तामाङ, चुडामणि पौडेल, डोलबहादुर नेपाली, सुन्तलीमाया घले, कार ग्याल्मो श्रेष्ठ, रामजी बिकले आफ्नो नाम दर्ता गरेका छन् ।

यस्तैः प्रदेश (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ ५ जनाले उम्मेदवारको नाम दर्ता गरेका छन् । जसमा भवानी प्रसाद न्यौपाने, तेम्ब्रेल तामाङ, सुरेन्द्रराज लम्साल, कार्साङतेम्पा तामाङ र कमला थापा रहेका छन् ।  प्रदेश (ख) बाट प्रदेश सभा सदस्य समानुपातिक तर्फ २ जनाले उम्मेदवारको नाम दर्ता गराएका छन् । जसमा काजीमान तामाङ र सरिता लम्सालको रहेका छन् ।  नेकपा एमाले बागमती प्रदेश कमिटीलाई उम्मेदवारी नाम सिफारिस गरिएको पार्टी सह सचिब कैसाङनुर्पू तामाङले बताउनुभयाे ।

Comments

comments