लालीगुराँसले ल्यायो खुशी

IMG_1457

रसुवा । विनाशकारी भूकम्प पछि समुन्द्रटार गाविस १ की ईन्द्रकुमारी सुनुवारको एकमात्र आम्दानीको स्रोत सिलाई मेसिन पुरियो । आठ वर्ष अघि पति गुमाए पछि परिवार सम्हाल्न निकै धौं धौं थियो । बल्ल तल्ल जोडेको सिलाई मेसिन जोडेपछि भूकम्पले क्षति पु¥याए पछि पिरलो परेको थियो ।

भूकम्पले गरिखाने सिलाई मेसिन मात्र होईन उनको आवास पनि भत्कायो । कहाँ जाने के गर्ने भन्ने चिन्ताको बीचमा लालीगुराँस सामुदायिक विकास केन्द्रले जीविकोपार्जन कार्यक्रम अन्तर्गत सिलाई मेसिन दिए पछि घर भाडामा लिएर सिलाई पेसा सुरु गरिन । उनले भनीन् लाली गुराँसले मेरो जीवनमा खुशी ल्याएको छ ।

उनको जीवनमा लालीगुराँस ठूलो सहयोगी बन्यो । उनीमात्र होईन समुन्द्रटारकै कुमारी तामाङले गिरिराज जातको कुखुराका १ सय चल्ला दिएपछि उनले कुखुरा पल्न थालेकी छिन् । समुन्द्रटार २ की अर्का भूकम्प प्रभावित मैना तामाङले खाजा पसल सुरु गरिन उनले दैनिक १५ ÷१६ हजार व्यापार हुन्छ । संस्थाकाट सहयोग पाएपछि खुशी भएको स्थानीय सानु तामाङले बताइन् ।

रसुवाको ठूलोगाउँ गाविसका संगीता अधिकारी, कमला तामाङ र विष्णु तामाङलाई पनि बाख्रा पालनमा सहयोग गरेको छ । यति मात्र होईन संस्थाले भूकम्प पछि रसुवा र नुवाकोटको द एसिया फाउण्डेसन र युएएडको सहयोगमा ५ गाविसमा जीविकोपाजर्न सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

सिलाइ मेसिन , बख्रा कुखुरापालनलगायतका महिलाको जिविकापार्जन सहयोगका लागि कार्यक्रम भएको छ । खुद्रा पसल, कृषि औजार , सिलाई , बाख्रपालन सहयोग गरेको छ । कार्यक्षेत्रका कुल ३ सय ८० घर परिवारमा सहयोग गरेको संस्याका संयोजक गोकर्ण भट्टले बताउँनुभयो ।

Comments

comments