“विश्व मुटु दिवस”

“विश्व मुटु दिवस”
आश्विन १३, २०७३

नेपालको परिप्रेक्ष्यमा हेर्दा पछिल्लो दुई दशकमा देखिएका सामाजिक,आर्थिक परिवर्तन, औद्योगिकरण, शहरीकरण,सभ्यताको विकास तथा यहाँका मानिसको खानपान र जिवनशैलीमा आएको परिवर्तनको कारण मुटुका रोगहरुको प्रकोप बढ्दै गैरहेको छ ।

मानव मुटु छातीको बिच भागमा अलिकती वायाँतर्फ ढल्किएर बसेको हुन्छ । तलपट्टि केही चुच्चो र माथिपट्टि फुकेको पान आकारको मुटु हुन्छ । मुटुको तौल पुरुषमा ३००–४०० ग्राम र महिलामा २५०–३५० ग्राम सम्म हुन्छ । जुन शरिरको कुल तौलको ०.४० देखी ०.४५ प्रतिशत पर्न आउछ ।

य मुटुरोगका लक्षणहरुः
 छातिको बिचभागमा दुख्ने ।
 दम बढ्ने ।
 खुट्टाहरु सुन्निने
 घाँटिको रक्त नली फुल्ने ।
 ओठ, जिव्रो र आंैलाका टुप्पा निलो हुने ।
 औंलाका टुप्पा वाक्ला र चाक्ला हुनु ।
 टाउको दुख्ने,चक्कर लाग्ने
 मुटुको धड्कन रोकीने वा छिटो चल्ने।
 कफमा रगत देखापर्ने ।
 जोर्नीहरु दुख्ने, सुन्नीने र ज्वरो आउने ।
य मुटुरोगको रोकथाम र नियन्त्रणः
 धुम्रपान त्याग्ने
 मोटोपनामा नियन्त्रण गर्ने ।
 नियमित ब्यायाम गर्ने ।
 सन्तुलित आहार ।
 रक्सिसेवन नगर्ने ।
 जिवनशैली ब्यवस्थापन गर्ने ।
 योगाभ्यास गर्ने ।
 उच्च रक्तचाप नियन्त्रण गर्ने ।
 मधुमेह रोगको रोकथाम तथा उपचार गर्ने ।
 मानसिक तनाव नियन्त्रण गर्ने ।
 उच्च रक्त कोलेस्टेरोल हुन वाट बच्ने ।
सूचनाः विश्व मुटु दिवस आश्विन १३, २०७३ (क्भउतझदभच द्दढ,द्दण्ज्ञट)का दिन जिल्ला स्वास्थ्य कार्यालय,रसुवाको आयोजनामा गोल्जुङ स्वास्थ्य चौकीमा निःशुल्क मुटुजाँच शिविर संचालन हुने भएकोले मुटुरोग सम्वन्धि समस्या भएका ब्यक्तिहरुले मुटुजाँच गरी उक्त अवसरको फाईदा लिनुहुन अनुरोध अनुरोध गरिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय
रसुवा

Comments

comments