एनएमबि बैकको एक घर एक खाता अभियान

NMB

धुन्चे रसुवा
एनएमबि धन्चे शाखाले एक घर एक खाता अभियाकै रुपमा सुरु गरेको छ । बैकले यसै साता धुन्चे, ठाडे, स्याफ्रुबेशी, टिमुरेमा वित्तिय साक्षरता, घरदैलो र डिम्याट सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरेको छ । हरेक नेपालीको कम्तिमा बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल तथा सहज वित्तय पहँच स्थापित गराउने उदेश्यका साथ अभियान सुरु भएको बैंकले जनाएको छ ।
अभियान अन्तर्गत पौष ३ गते धुन्चे अवस्थित रसुवा उमावि र स्याफ्रुबेशीमा रहेको स्यामेवाङफेल उमाविमा वित्तिय साक्षरता कार्यक्रम तथा धुन्चे, चिमुरे ठाडे, भार्खुमा घरदैलो अभियान संचालन गरिएको थियो । यस्तै पौष ४ गते संचालित वित्तिय साक्षरता कार्यक्रममा बैंक सम्बन्धी जानकारी, बैंकमा कारोबार गर्नुको महत्व, डिम्याट खाता सम्बन्धी जानकारी, डिम्याट खाता खोल्नुपर्ने कारण, एन एमबिबैंकमार्फत प्रदान हुने सेवाहरुको बारेमा जानकारी प्रदान गरीएको थियो । यस्तै घरदैलो कार्यक्रम अन्तर्गत घर घरमै गएर सहज रुपमा बचत खाता, डिम्याट खाता खोलीएको थियो । यसरी बैंक नै आफ्नो घरगाँउमा गएर फिल्डमै फर्म भरेर खाता खोलि दिएकोमा स्थानियवासी खुशी भएका छन् ।

 
बैंकले संचालन गरेको कार्यक्रममा स्थानीयको साथ र सहभागी भएपछि बैंकमा अहिले डिम्याट खता खोल्नेहरुको संख्या बढेको छ धुन्चे शाखा प्रमुख राजु ढकालले बताउनुभयो । अन्य बैकले ढिलासुस्ती गर्ने र झण्झट मान्ने गरेको अवस्थामा बैकले दिएको छिटो छरितो सेवा प्रति स्थानीयले खुशी भएको बताएका छन् ।

Comments

comments