कालिका र नौकुण्डमा स्वास्थ्य ईकाई भवन निर्माण

Health Kalika 3

कालिकास्थान , रसुवा जिल्लाको कालिका र नौकुण्ड गाउँ पालिकामा स्वास्थ्य ईकाई भवन निर्माण भएको छ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेको रसुवाको बेतीनी र सर्स्युँमा गाउँघर क्लिनिक निर्माण गरिएको छ । नौकुण्ड गाउँपालिका–६ स्थित सर्स्युँमा तेज फाउण्डेसनले २५ लाख रुपैयाँको लागतमा क्लिनिक निर्माण गरिदिएको हो । कालिका  गाउँ पालिका -३ मा  बेतीनीमा स्वास्थ्य ईकाई भवन निर्माण सुरु भएको छ ।Health naukunda6

Sarsyauगाउँघर क्लिनिक निर्माणका लागि स्थानीय बासिन्दा पूर्णबहादुर थोक्राले नि: शुल्क जग्गा उपलब्ध गराउनु भएको थियो । उहाँले क्लिनिक निर्माणका लागि झण्डै चारआना जग्गा उपलब्ध गराउनुभएको हो । सर्स्युँमा स्वास्थ्य संस्था नहुँदा उपचारको अभावमा त्यहाँका नागरिकले अकालमै ज्यान गुमाउन बाध्य भएका थिए । गाउँघर क्लिनिक सञ्चालनमा आएसँगै त्यहाँका नागरिकले समयमा नै उपचार पाउने विश्वास गरेका छन् ।

स्वास्थ्य संस्थाको अभावमा स्वास्थ्य समस्या भोग्दै आएका नागरिकका लागि भौगोलिक कठिनाइका कारण अन्य ठाउँमा जान पनि टाढा रहेकोमा क्लिनिक निर्माणले केही आशा जगाएको स्थानीय युवा  शैलेश लोप्चनले जानकारी दिनुभयो । एक कार्यक्रमका बीच तेज फाउण्डेसनका अध्यक्ष गोकुल थापाले नौकुण्ड ६ का वडा अध्यक्ष धर्मबहादुर थोक्रालाई निर्मित भवन हस्तान्तरण गरेका थिए । स्थानीय युवा  शैलेश लोप्चनको सम्पर्कमा चार कोठे भनव निर्माण भएको हो । कवनमा बिरामी सुत्ने बेड, दराज , औषधी लगायत सामग्रीहरु पनि उपलब्ध गराईएको छ । त्यहाँ स्वास्थ्यकर्मी चाँढै व्यवस्था गर्न लागिएको नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयो ।

गाउँबाट स्वास्थ्य संस्था पुग्न झण्डै दुई घण्टा लाग्ने गरेको र बाटोको असहजताको कारण सबैको पहुँच पुग्न नसकेको लोप्चनले बताउनुभयो ।कालिका  गाउँ पालिका ३ मा  बेतिनीमा स्वास्थ्य ईकाई भवन निर्माण भएको  हो । ईकाईको नाममा रहेको ६ आना जग्गा उपयोग गरेर नेपाल कृषिबन प्रतिष्ठानको ईकाईको नाममा रहेको ६ आना जग्गा उपयोग गरेर नेपाल कृषिबन प्रतिष्ठानको ७ लाख, वडा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समेत सहयोगमा भवन निर्माण हुदै गरेको वडा अध्यक्ष पुष्पराज न्यौपानेले बताउनुभयो । भवन निर्माण भएपछि गाउँबाट स्वास्थ्य सेवा सहज रुपमा प्रदान हुने , गाउँघर क्लिनिक तथा खोप सेवा पनि सहज रुपमा प्राप्त हुने स्थानीयले बताए ।Health Kalika 3

तस्वीर : कालिका  गाउँ पालिका -३ मा  बेतिनीमा निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य ईकाई भवन ।

Comments

comments