लिफ्टद्धारा तानेर सिंचाई योजना निर्माण,कृषकहरु खुशी

Irrigation tank

बेत्रावती, रसुवा पुस १ गते। जिल्लामै पहिलो पल्ट फलाखुखोलाको पानी लिफ्टद्धारा तानेर सिंचाई योजना निर्माण भएपछि स्थानीय कृषकहरु खुशी भएका छन् । यस अघि सुख्खा रहेको उत्तरगाया गाउँ पालिका ५ बोगटीटारका किसानले तरकारी खेती समेत सुरु गरेका छन् ।

भूकम्प पछि जिल्लामा आएको सामाजिक संस्थाले लिफ्ट सिंचाई निर्माण गरिदिएपछि स्थानीय कृषकहरु आफ्नो खुशी भएका हुन् । नेदरल्याण्डको संस्था कोरएडको सहयोगको परिवर्तन पात्र र लुमन्तीले गाउँमा लिफ्द्धारा खोलाको पनी तानेर सिंचाई पाएपछि किसानहरु खेतीमा लागेका हुन् ।IMG_4850

जिल्लामै पहिलो प्रयोग स्वरुप लिफ्ट सिंचाई निर्माण गरेर सफल भएको उत्तरगया गाउँ पालिका अध्यक्ष उपेन्द्रराज लम्सालले बताउनुभयो । किसानको जीविकासँग जोडिएको यस्ता काम जिल्लामै पहिलो काम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “परिणाम दिने गरी, पारदर्शी ढंगले कोरएड, परिवर्तन पत्र र लुमन्ती संस्थाले काम गरेकोले सफल भएको हो । ”

योजनाले ५ सय रोपनी भन्दाबढि जमीनमा सिंचाई सुबिधा पुगेको उत्तरगया गाउँ पालिका वडा नं ५ वडा अध्यक्ष ईश्वर थापामगरले बताउनुभयो । वडा कार्यालयले लिफ्ट सिंचाईका लागि जगेडा कोषमा ५ लाख रुपैयाँ व्यवस्था गरेको छ । “यस अघि सुख्खा जमीन हराभरा हुन थालेपछि स्थानीय खुशी भएका छन् उहाँले भन्नुभयो । ”

फलाखु खोलाको पानी बोगटीटार, चौकीटार कैदलेटार, बेत्रावतीका ५ सय रोपनी बढि जमीनमा सिंचाई सुविधा पुगेपछि जिल्लाको बोगटीटार , बेत्रावती, कैदलेटार, पैरेबेशीका कृषकहरु खुशी भएका हुन् । फलाखुखोला मुहानबाट १ हजार २ सय मिटर टाढाको बोगटीटारमा सिंचाईका लागि पानी आएपछि ब्यवसायिक तरकारी खेती सुरु गर्न लागेका छन् । मुहानबाट पानी २ सय ७५ मीटर माथि तानेर यस अघि सुख्खा रहेको बोगटीटार गाउँमा हराभरा भएको स्थानीय कृषक खुशी छन् ।

संस्थाले ४३ लाख रुपैयाँको लागतमा योजना पुरा भएको हो । नेपाल विद्युत प्राधिकरणले नयाँ ट्रान्सफर्मरको व्यवस्था गरी प्रति युनिट १३ रुपैयाँ विद्युत महसुल तिरेर लिफ्टबाट पानी तान्न विद्युत समेत व्यवस्था गरिदिएको छ । एक घण्टा पानी तानेर ट्याङ्की भरेर दिनभर सिंचाई गर्न सकिन्छ फलाखुखोला बोगटीटार लिफ्ट सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष उत्तम लामिछानेले बताउनुभयो । उपभोक्ताहरुले १ रोपनीको १ हजारका दरले ३ लाख रुपैयाँ विद्युत तार तान्ने काममा खर्च भएको छ । समुहको निर्णय गरेर शुल्क निर्धारण गर्ने र एक जना संभार कार्यकर्ता भर्ना गर्ने उपभोक्त समितिले जनाएको छ ।

अहिले कुल ८० रोपनी जमिनमा रोपाई गरेको स्थानीय केदार आचार्यले बताउनुभयो । उपभोक्ताले अहिले कोषमा ३ लाख रुपैयाँ संकलन गरेर राखेका छन् । स्थानीयको टड्कारो आवश्यकता र किसानहरुको सक्रियता देखियो कोरएडका भेषराम पोखरेलले भन्नुभयो किसानहरुले निकै उत्साहका साथ योजना सफल पार्नुभएको छ यस अघि दुईचार पाथी अनाज फल्न धौ पर्ने स्थानमा तरकारी र धान फल्ने भएकोले कृषकहरु हर्षित भएका छन् ।

गाउँमा लिफ्ट सिंचाईबाट पानी आएपछि १३ परिवारले तारकारी खेती सुरु गरिसकेका छन् । यस अघि दुईपाथी कोदो उत्पादन नहुने जमीनमा धान फलाउन सक्ने भएपछि कृषकहरु खुशी भएका हुन् । अब धान , मकै मात्र होईन बेमौसमी तरकारी समेत उत्पादन गरी आम्दानी गर्ने सम्भावन बढेको स्थानीय केशव आचार्यले बताउनुभयो ।

स्थानीय कृषका समस्या र लगानशीलता देखेर सिंचाईका लागि पानी संकलन गर्न जिल्ला कृषि विकास कार्यालयका तत्कालिन प्रमुख रमेश हुमागाईले कार्यालयका तर्फबाट ५ लाख ९० हजार रुपैयाँको लागतमा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएको उपभोक्ताका अध्यक्ष लामिछानेले भन्नुभयो “योजना बनेपछि गाउँलेले तरकारी खेती गरेर आय आर्जन गर्न थालेका छन् । ”

Comments

comments