लाङटाङ राष्ट्रिय निकुञ्जमा आगलागी

Dhunche aagalagi

लाङटाङ राष्ट्रिय निकुञ्जमा  भीषण आगलागी भएको छ। रसुवाको धुन्चेस्थित ब्राबलको जंगलमा आगलागी भएको हो।

११ बजे सुरु भएको आगो निभाउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको कालिजंग गण र हरित युवा पर्यटन विकास समाजका एक सय भन्दा बढिले आगो नियन्त्रणको प्रयास गरे । हावाको वेगको कारण आगो निभाउन कठिन भइरहेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए। पासाङल्हामु राजमार्गभन्दा ५०० मिटर तल आगो लागेको रेन्जर बस्नेतले जानकारी दिए।

Comments

comments