वार्षिक ४० हजार किलोग्राम चिज उत्पादन हुने

20180514_092049

रसुवा , जेठ २१ गते । रसुवाका बिभिन्न स्थानका चीज उत्पादन केन्द्रमा वार्षिक ४० हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएका छन् ।20180514_094249

लक्ष्य अनुसार उत्पादन गर्न केन्द्रले दैनिक रूपमा प्रयास गरिरहेको बताइएको छ । गतवर्ष यी तीनवटै केन्द्रले ३२ हजार किलोग्राम चिज र ११ हजार दुई सय किलोग्राम मखन उत्पादन गरेका थिए । नेपालको जेठो चिज उत्पादन केन्द्र लाङटाङमा भूकम्प पछि पुनस्थापित चीज उत्पादन केन्द्रले उत्पादन गर्दै भवन समेत निर्माण थालनी गरेको केन्द्रका प्रमुख ग्याल्बो लामाले बताउनुभयो ।

दुग्ध विकास संस्थानअन्तर्गत रसुवामा चारवटा चिज उत्पादन केन्द्र सञ्चालित छन् । गतवर्ष चौरीको दूध उत्पादनबाट यहाँका ९५ जना किसानले धुन्चे, चन्दनबारी र गत्लाङ केन्द्रबाट दुई करोड पाँच लाख भुक्तानी लिएको दुग्ध विकास संस्थानले जनाएको छ । यसवर्ष भने त्यसमा केही वृद्धि हुने बताइएको छ ।

गतवर्ष उत्पादित चिज तथा मख्खनबाट ६ करोड १३ लाख आम्दानी गरेको संस्थानले जनाएको छ । चिज उत्पादनका लागि दूध दिने चौरी गाईको संख्या यहाँ एक हजार चार सय रहेको चौरीपालक किसान सोनाम घलेले बताए । फ्याटको हिसाबले दूधको प्रति युनिट मूल्य १२ देखि ८४ रुपियाँसम्म रहेका छन् । दूधको उचित मूल्य पाउन थालेपछि चौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको धुन्चे चिज उत्पादन केन्द्र कुनाखर्कका केन्द्र प्रमुख पूर्णबहादुर जिरेलले बताउनुभयो ।Chease

दुग्ध विकास संस्थानले यस वर्षका लागि प्रति किलोग्राम चिजको मूल्य रु एक हजार छ सय तथा मखनको मूल्य रु एक हजार कायम गरेको छ, गतलाङ केन्द्रका प्रमुख धनबहादुर जिरेलले भन्नुभयो, “संस्थानको लक्ष्य परिपूर्तिका लागि चिज उत्पादनमा विशेष जोड दिइएको छ।”
गतवर्ष प्रति किलोग्राम चिजको मूल्य रु एक हजार ४०० कायम गरिएको थियो । मख्खनको मूल्य भने यथावत् नै छ ।

हरेका वर्ष वैशाखदेखि कात्तिकसम्म चिज उत्पादनको उपयुक्त समय मानिन्छ । चौरी गाई वर्षेनी चैतको अन्तिम हप्तामा ब्याउने भएकोले साढे छ महिना मात्र चिज उत्पादन गर्ने गरिन्छ। गोसाईंकुण्डको काखमा रहको चिज उत्पादन केन्द्र चन्दनबारीमा चौरीको दूधबाट उत्पादित चिज गोसाईंकुण्डबाट फर्केका भक्तजनले कोशेलीका रूपमा समेत खरिद गरी लाने गरेको चन्दनबारीका केन्द्रका प्रमुख छत्रबहादुर तामाङले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर भन्दा माथि जंगलमा जडिबुटी औषधिजन्य घाँसपात खाएका चौरीको दूधबाट बनेका चिज खाँदा स्वास्थ्यबर्धक हुने चिज पारखीको विश्वास छ ।

किसानहरुका समस्या
रसुवाको गत्लाङमा स्थापित चिज उत्पादन केन्द्रमा किसानहरुले पेस्की नपाएको गुनासो गरेका छन् । यस अघि चौरी पालक किसानलाई अग्रीम भुक्तानी गरिदिनाले चौरी किनेर पाल्न सहज भएको थियो अहिले पेस्की नपाएको समस्या भएको किसानले गुनासो गरे । आफुले २६ वटा चौरी पालेको जसमध्ये १३ दुहुना रहको स्थानीय किसान युवा तामाङले बताउनुभयो । त्यहाँ ३७ जन किसानले चौरी पालेका छन् । सिजनमा ९ सय लिटर दुध संकलन गर्ने गरेको तर पेस्की पहिले दिने गरेकोमा यस वर्ष हालसम्म पेस्की नदिएको तामाङले गुनासो गर्नुभयो । चौरी खरिद गर्न लगानी अभाव हुने थिएन । यसवर्ष पेस्की नदिएकोले चौरी थप्न सकिएन लगानीका लागि समस्या भएको छ । पेस्की दिए हामीले थप चौरी संख्या थरेर उत्पादन पनि बढाउने थियौं उहाँले भन्नुभयो । यस वर्ष १३ हजार किलो चिज र ४ हजार ५ सय किलो मख्खन उत्पादन हुने गत्लाङ केन्द्रका प्रमुख धनबहादुर जिरेलले बताउनुभयो । पेस्की दुग्ध विकास संस्थाले नपठाएको पनि उहाँले बताउनुभयो ।

दुग्ध विकास संस्थान अन्तर्गत गत्लाङको चिज उत्पादन केन्द्रमा चौरीको दुधबाट फ्याट निकाल्दै चिज मेकर
तस्वीर: हेमनाथ खतिवडा रसुवा

Comments

comments