स्थानीय र प्रहरी बीच झडप

रसुवाकाे  मैलुङ स्थानीय र प्रहरी बीच तनाव भएकाे छ ।  प्रहरी चौकीमा स्थानीयबासीले आक्रमण गरेका छन्। स्थानीयको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्।

प्रहरी चौकी र एउटा गाडीमा क्षती पुगेको छ। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको छ। माथिल्लो त्रिशूली ए को जिअाइ पाइप लगायत सामग्री चोरी गरेको अभियोगमा गत राति चार जनालाइ पक्राउ गरेकाे थियाे । उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा लैजाने क्रममा रसुवाको उत्तरगया गाउँपालिका–२ का मैते तामाङ भाग्ने क्रममा त्रिशूली नदीमा फाल हालेर  बेपत्ता भएका छन्। तामाङलाई प्रहरीले नदीमा बगाइदिएको अाराेप लगाउँदै स्थानीयले प्रदर्शन गरेका छन्। घटनास्थलमा नेपाल प्रहरीकाे टाेली नुवाकाेटबाट समेत अाएकाे थियाे । भागेर खाेलमा पसेकाे  ब्यक्तीलाइ प्रहरीले ढुङाले हानेकाे समेत स्थानीयले गुनासाे गरेका छन् ।

Comments

comments