दुई किलो सुन सहित एक जन पक्राउ

cropped-langtang-center3.png

अवैध रुपमा लुकाइछिपाइ केरुङबाट नेपाल ल्याइएको दुई किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गोसाईकुण्ड गाउँपालिका १ थुम्मनका बर्ष ३७ का निमा दोर्जे तामाङ रहेका छन् ।

स्याफ्रुबाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज ६१७६ नम्बरको टाटासुमोमा लुकाई छिपाई ल्याएको अवस्थामा  बिशेष सुराकीको आधारमा सदरमुकाम धुन्चेबाट सुनसहित तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए । उनले भने हाम्रो नियमित चेकजाँच भईरहेको हुन्छ, बिशेष सुराकीका चेकजाँचकाे क्रममा पक्राउ गरेका हौ,

तामाङले स्याफ्रुबाट काठमाण्डौ जाने टाटासुमोमा काठमाण्डौ जान यात्रारत थिए । उनको साथबाट बरामद गरिएको सुनको मूल्य करिब ९० लाख रहेको प्रहरीले जनाएको छ ।

Comments

comments