दुप्चेश्वर मेला सम्पन्न यात्रीहरुकाे घुइँचाे

Dupcheshor (3)

विशाल पहराको बीचमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष धान्य पूर्णिमामा लाग्ने मेला नुवाकाेट जिल्लाको अर्को ठूलो पर्व हो । यस वर्ष देशका बिभिन्न स्थानबाट दर्शन गर्न अाएका  यात्रीहरुकाे खचाखच छन् ।

सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतवेशी वडा नं ८ स्थित यो मन्दिरमा बाह्रै महिना दर्शनार्थीको मेला लाग्छ । मंसिरको एकादसीको दिनबाट सुरु हुने जात्रा पुर्णिमा पछि मात्र सकिन्छ । मेला र अन्य समयमा यस मन्दिरमा जिल्लाका साथै, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखालगायत जिल्लाबाट समेत दर्शनार्थी आउने गरेका छन। मेलाको धार्मिक एवम् पर्यटकीय महत्व पनि छ । खास गरी स्थानीय झाँकी नाच, ह्याल्मो गीत र सेर्पा नाच यहाँको अर्को विशेषता हो । यस मन्दिरमा विशेष गरी सन्तान नहुने दम्पती सन्तान प्राप्तिको कामनाका लागि आउने गर्छन। दुप्चेश्वर महादेवको पूजाअर्चना पछि सन्तान हुन्छ भन्ने मान्यता छ ।

Comments

comments