घरमै च्याउ खेती गरेर मनग्य आम्दानी गर्छन चेतनाथ

Musruam

रसुवा , चैत ५ गते । गाउँमै च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि कृषक खुशी भएका छन् । कालिका गाउँपालिका वडा नं ३ कटुन्जेका चेतनाथ न्यौापनेले परिवार नै च्याउ खेतीमा लागेका छन् ।IMG_0984

०६२ सालमा परिवार सहित काठमाण्डौको बलम्बुमा च्याउ, चटपटे बेच्न थालेका थिए । एकवर्ष पछि आफैले जग्गा भाडामा लिएर बलम्बुमै च्याउ खेती थालेर परिवारको जीविका मात्र होईन उनले दुइवटा छोरालाई निजी स्कुलमा पढाए । अहिले दुवै छोराहरु निजी कलेजमै उच्च शिक्षा अध्ययनमा छन् । काठमाण्डौमा दशवर्ष गोब्रे च्याउ खेती गरेर गाउँ फर्केर चेतनाथले आफ्नै जग्गामा परालको टनेल हालेर च्याउ खेती सुरु गरे । ०७२ मंसिरबाट गाउँमा जाडोमा २ महिना गर्मीमा १ महिनामा च्याउ बिक्रीका लागि तयार हुन्छ न्यौपानेले भन्नुभयो गाउँमै बसेर आम्दानी भइरहेको छ । अहिले वर्षमा तीन लट च्याउ खेती गरिरहेको छु । काठमाण्डौमा सडक पेटी र घरघरमै च्याउ बेचेर बाजे भनेर परिचित हुनुभयो ।

अहिलेसम्म आफुले पाँच लाख रुपैयाँ लगानी गरेको उहाँले बताउँनुभयो । पराललाइ काटेर प्लाष्टिकको प्याकेटमा बीउ राखेर च्याउ खेती गरिन्छ । च्याउ खेतीका लागि घरेलु, कृषि र परिवर्तन पात्रले सहयोग गरेको छ । ३ लाख आम्दनी लिएको । जिवीका चलाउनका लागि विदेश जान नपर्ने उदाहरण गाउँमै देखाएका छन् ।

च्याउ बिक्रीका लागि कालिकास्थान, घुम्ती बजारदेखि बेत्रावती र गाउँघरसम्म बोकेर पु¥याउने गरेको न्यौपालेले बताउनुभयो । कन्ये च्याउ खेती गरिरहेका मासिक १ कमाएको उहाँले बताउनुभयो । २६ फिट लामो र २२ फिट चौडाईका ३ वटा पराले घर छन् । यसपल्ट १ हजार ५ सय पोका राखेको र त्यबाट ५ सय किलो उत्पादन गरी प्रति किलो २ सय रुपैयाँमा बिक्री गरी १ लाख आम्दानी गरेको न्यौपानेले बताउनुभयो । १५ सय पोका राख्दा राम्ररी आम्दानी लिन सके ४ लाख ५ हजार रुपैयाँसम्म आम्दानी लिन सकिने उहाँको अनुमान छ । आफ्नै जग्गामा थालेको च्याउ खेती अव निरन्तरता दिने र त्यसैबाट जिविका चलाउन सकिने आँट गरेकोले व्यवसाय गाउँमै नमुना देखिएको छ ।

अहिले च्याउ खेती गरेर एक लट एक पहिनामा खेती गरेर १ लाख सम्म सहजै कमाउने भएकोले मिहेनत गरे आफ्नै देशमा उद्यमी भएर रकम कमाउन सक्ने बताउनुभयो । न्यौपानेले आफ्नो श्रीमतीको सहयोगमा च्याउ खेतीमा निकै व्यस्त छन् २०/३० हजार कामाउन विदेशमै जानु पर्दैन भन्ने उदाहरण देखाउनुभएको छ । वर्षमा तीन लट मात्र खेती गरिरहेको तर यसवर्ष खेतमा कमै खेती सकेर अर्को लट पनि च्याउ लगाउने बताउनुभयो । “पासाङल्हामु सडकमै पर्ने भएकोले हर्ने र फर्मबाटै च्याउ किनेर लैजने धेरै पनि आउछन् , उत्पादन गर्न सके बजार समस्या छैन घरमै बसेर कमाउन सकिने रहेछ ।”

कन्ये (पराले ) च्याउ जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । पहाडी जिल्ला रसुवामा उत्पादित च्याउले बजारमा बिक्ने भएपछि गाउँमा आफै गाउँघरमा डुलेर बिक्री गर्नेगर्दछन् । अहिले प्रतिकेजी २ सय रुपैयाँमा बिक्री गरिरहेको उहाँले बताउनुभयो ।IMG_0984

Comments

comments