सूचना अधिकारी र पत्रकारहरुवीच अन्तर्क्रिया

60159224_353602015288057_1134609344604667904_o

०७६ बैशाख २९ गते जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना तथा नेपाल पत्रकार महासघ रसुवा शाखाको सहकार्यमा सरकारी निकायका सूचना अधिकारी र पत्रकारहरुवीच एक दिने अन्तर्क्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सम्पन्न भयो ।60300985_353598395288419_3081485459734396928_o

उक्त कार्यक्रममा  जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी देवर्षी सापकोटा र महासघ रसुवा अध्यक्ष हेमनाथ खतिवडाबाट सूचना अधिकारीको भूमिका र सूचनाको हक सम्वन्धी कानूनी व्यवस्था विषयक २ वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । अन्तर्क्रियामा सरकारी निकायले स‌युक्त रुपमा मासिक प्रेसमिट गर्ने, सार्वजनिक सूनुवाइ गर्ने, सरकारी निकायका सूचना अधिकारीको विवरण अपडेट गर्नुका साथै सूचना अधिकारीलाइ सूचना सम्प्रेषण सहजताका लागि मोवाइल सिमकार्ड ब्यवस्थापन गर्ने र बिज्ञापन सूचना दिदा जिल्लास्तरमा सञ्चालित सञ्चार माध्यमयलाइ प्राथमिकता दिने विषयमा गहन छलफल निर्णय र कार्यान्वयनको प्रतिवद्वता भयो ।

Comments

comments