सरोकारवालाहरु स्तरीय अभिमुखीकरण

रसुवाको जिल्लाको उत्तरगया र नौकुण्ड गाउँपालिकामा पुर्ननिर्माणको प्रयासलाई सहयोग पुरयाउने तथा अति जोखिममा रहेका व्यक्ति वा समुदाय र सरोकारवालाहरु स्तरीय अभिमुखीकरण सम्पन्न भयाे ।

जस्तैः एकलमहिला, ज्येष्ठ नागरिक, अपांगताभएकाव्यक्तिहरु, असहाय, अशक्ततथाअतिगरिब विपन्नहरुको खाद्य सुरक्षामा सुधार र उनीहरुको सेवा सुविधामा पहुँचअभिवृद्धि गर्ने उद्देश्य सहितमट म्याकडोनाल्ड र डिएफआईडीको आर्थिक सहयोगएवं सामुदायिकविकास केन्द्र विदुर नुवाकोट र यसका साझेदार संस्थाहरु लाङ्गटाङ्ग क्षेत्र संरक्षण सरोकार समाज, रसुवाएवं सामुदायिकतथा ग्रामिण विकास समाज नेपाल नुवाकोटको संयक्तआयोजनामा संचालितआशा परियोजना  Helping People Overcome Earthquake Impact (HOPE)को सरोकारवालाहरु स्तरीय अभिमुखीकरण रसुवा जिल्लाको नौकुण्ड र उत्तरगया गाउँपालिकामामिति सम्पन्नभएको छ ।
नौकुण्ड गाउँपालिकामा भएको अभिमुखीकरणमा गाउँपालिकाकाअध्यक्षश्री नोर्वु स्याङ्बो लामाको अध्यक्षताजिल्ला समन्वय समितिकाप्रमुखको प्रमुखआतिथ्यताएवं प्रमुखजिल्लाअधिकारी श्री कृष्ण पौडेल र गाउँपालिकाउपाध्यक्षश्री सिर्जना लामा, वडाध्यक्ष, गाउँकार्यपालिका सदस्य र विषयगतशाखाका संयोजकहरुलगायतजिल्ला स्तरीय तथागाउँपालिका स्तरीय सराकोरवालाहरुको उपस्थिति रहेको थियो । अभिमुखीकरणमाकार्यक्रमको विस्तृत प्रस्तुतिकरण पश्चातगाउँपालिकाले परियोजनासँगमिल्ने विभिन्नगतिविधिहरु योजना गरी कार्यान्वयनगरिरहेको साथै कार्यक्रम संचालनप्रक्रियामा सहकार्य गर्नुपर्नेमाजोड दिएकाथिए ।कार्यक्रममाप्रमुखअतिथि सहितप्रमुखजिल्लाअधिकारीले कार्यक्रम राम्रो रहेको तर यसको प्रभावमापनकालागितथ्यपरक रुपमाकार्यान्वयनगर्नुपर्ने पक्षमाजोड दिएकाथिए । कार्यक्रमकाअध्यक्षले कार्यक्रम संचालनप्रक्रियामा स्थानीय सरकारले भरपुर रुपमा सहयोग गर्ने तर परिणाम दिनुपर्ने कुरामा सल्लाहदिनुभएको थियो । अभिमुखीकरण कार्यक्रमका सहभागीहरुलाई स्वागतमन्तब्य सामुदायिकतथा ग्रामीण विकास समाज नेपालकाअध्यक्षश्री पदमउप्रेतिले गर्नुभएको थियो भने सबै सहभागीलाई धन्यवाद ज्ञापन सामुदायिकविकास केन्द्र नेपालका नारायण प्रसाद नेपालगर्नुभएको थियो ।
यसै गरी रसुवाजिल्लाको उत्तरगयागाउँपालिकामाप्रमुखप्रशासकीयअधिकृत  बसन्तबहादुर खत्रीको अध्यक्षता र गाउँपालिकाकाउपाध्यक्ष चमेली गुरुङको विशेष आतिथ्यमाभएको अभिमुखीकरणमा सहभागीहरुले तथ्यांक संकलनतथ्यपरक, वस्तुपरक तथाप्रत्येक घरधुरीको सुचना संकलनगर्नुपर्नेमाजोड दिएकाथिए । आशा परियोजनाले पक्कै पनिजोखिममा रहेका समुदायको जीविकोपार्जन तथापुर्ननिर्माणमा थप सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए । कार्यक्रममावोल्दै विशेष अतिथिगाउँपालिकाउपाध्यक्षश्री चमेली गुरुङले कार्यक्रमकार्यान्वयनप्रक्रियामा समन्वय र सहकार्य तथा सहअस्तित्वलाई प्रभावकारी रुपमालिन सल्लाहदिनुभयो । कार्यक्रममा वार्ड अध्यक्षहरुले समेत वडास्तरीय समन्वय र सहकार्यलाई जोड दिएकाथिए । कार्यक्रमकाअध्यक्षले कार्यक्रम संचालनप्रक्रियापारदर्शी तथाजवाफदेही रुपमाकार्यान्वयनगर्न पृष्ठपोषण प्रदानगर्नुभएको थियो । कार्यक्रममा स्वागतमन्तब्य सामुदायिकतथा ग्रामीण विकास समाज नेपालका कोषाध्यक्षश्री यशोदा खतिवडा ले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लाकोसका अध्यक्षश्री सन्तोष घलेले गर्नुभएको थियो भने अभिमुखीकरण कार्यक्रमको उद्देश्य माथिप्रकाश सामुदायिकविकास केन्द्र नेपालकाअध्यक्षश्री नारायणप्रसाद नेपालले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममादुवै गाउँपालिकातथा स्थानीय सरोेकारवालाहरुबाट कार्यक्रममा दोहोरोपनाहुननदिनध्यानदिनुपर्ने साथै सुचना संकलनलाई तथ्यपरक र वस्तुपरक बनाउनविशेष सुझावप्राप्तभएको थियो । यसकाअभिमुखीकरण कार्यक्रमको प्रस्तुतिकरण आशा परियोजनाकाकार्यक्रमव्यवस्थापकश्री कर्णबहादुर नेपालीले गर्नुभएको थियो भने संचालनजीविकोपाजर्नन संयोजकश्री श्यामपोडेलले गर्नुभएको थियो । सहयोगीनिकायको तर्फबाट मट म्याकडोनाल्डका जिल्ला संयोजक चन्द्र आले लगायतकाप्रतिनिधिहरुको उपस्थितिरहेको थियो ।

Comments

comments