स्वस्थ्य शिविर सम्पन्न

रसुवा । उत्तरगया गाउँपालिका वडा नं. ४ कर्मिडाँडामा दुई दिने स्वस्थ्य शिविर सम्पन्न भयाे । सेयर नेपाल गैरसरकारी संस्थाको आयोजनामा पार्टिसीप एडको प्राविधिक सहयोगमा कार्तिक २२ र २३ गते दुई दिने स्वास्थ्य शिविरमा स्त्री रोग, दात रोग र सामान्य स्वास्थ्य जाँच गरिएको थियो ।

जन स्वास्थ्य र समस्या  बारे जनचेतना फैलाउने उद्देश्य ले कुनै पनि रोग लुकाएर नबसौ र समयमै स्वास्थ्य परिक्षण गरौ भनेर शिविर राखिएको डा. केदारनर्सिङ केसीले जानकारी दिए ।

शिविरको उद्घाटन उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्साल र डा. केदार नर्सिङ केसीले संयुक्त रुपमा गर्दै यस्तै शिविर जिल्लाको हरेक कुना कुनामा जो स्वस्थ्य सेवाबाट बन्चित छन र जानकारी छैन त्यहाँसम्म पुग्ने जमर्रको समेत गरिएको डा. केसीले बताए । उक्त शिविरमा ३ सय ४० जनाले विभिन्न रोगहरुको जाँच तथा अाैषाधी उपचार भएकाे थियाे ।

Comments

comments