जबरजस्ती करणीको प्रयास गरेको आरोपमा युवक पक्राउ

कालिकास्थान, रसुवा घुम्न आएकी अष्ट्रिलिया बालिका माथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिका गाउँपालिका -२ कालिकास्थानका २९ वर्षिय सुनिल पौडेल रहेका छन् ।

विदेशी बालिकालाई मंसिर २८ गते शनिबार दिउँसाे जबरजस्ती करणीको प्रयास गरेको बालिकाको आफन्तले प्रहरीमा उजुरी गरेसँगै पौडेललाई उनको घरबाट पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए ।

पक्राउ परेका पौडेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
करणीको प्रयास गरेको आरोपमा पक्राउ परेकाे घटनाकाे मेलमिलाप तथा सहमति गर्न नमिल्ने भन्दै अनुसन्धान सुरु प्रहरीले जनाएको छ । बालिका अहिले अभिभावकसँग काठमाण्डाैमा रहेको प्रहरीले जनाएको छ । विदेशीहरू कालिका गाउँपालिका –२ स्थित फनफनकाली होटलमा बस्दै अाएका थिए ।  नजिक जंगलमा घुम्ने क्रममा बलत्कार प्रयास तथा दुर्व्यवहार गरेकाे पीडितले बताएका थिए । आरोपितका दाजु अष्ट्रिलिया निवासी रत्नप्रसाद पौडेलसँग घुम्न आएको र आफैले घुमाउन लगेको समयमा जवरजस्ती संवेदनशील अंगमा समातेर बलत्कार प्रयास गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

विदेशी बालिका जंगलमा चिप्लेर लडेको समयमा उठाउन खोजेर जवरजस्ती संवेदनशील अंगमा समातेर बलत्कार प्रयास गरेको भन्दै बालिकाले पीडितले आरोपितका दाजु रत्नसमक्ष रुँदै गुनासो गरेपछि प्रहरीमा जानकारी भएकाे थियाे ।  पीडितले आफुमाथि दुव्र्यवहार भएको भन्दै जाहेरी दिएपछि आरोपितलाई पक्राउ परेका हुन् ।

Comments

comments