जिवजिवेमा बृहत शिव पुराण महायज्ञ हुने

thumki

नीलकण्ठ महादेव मन्दिर कालिका गाउँपालिका वडा नं. ५, थुम्कीमा बृहत शिव पुराण प्रवचन महायज्ञको आयोजना हुने भएको छ । श्री नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति कालिका–५, रसुवाको आयोजनामा यही माघ २८ गतेदेखि फाल्गुण ९ गतेसम्म हुन गइरहेको शिव पूराण प्रवचन सफल पार्नका लागि मङ्गलबार विभिन्न उपसमितिहरूको गठन गरिएको हो ।

ज्योतिषाचार्य पण्डित बालचन्द्र अधिकारीको मुखारबृन्दबाट कथा वाचन हुने सो शिव पुराण महायज्ञ विशाल शिव मूर्ति स्थापना तथा सनातन धर्मको संरक्षण र सर्बद्धनका लागि आयोजना गर्न लागिएको नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भवनाथ पौडेलले बताउँनुभयो ।

शिव पुराण प्रवचन सफल पार्न मङ्गलबार ७ वटा उप समिति गठन गरिएको छ । आर्थिक व्यवस्थापन उपसमितिमा साधुराम पौडेल, प्रचार प्रसार उपसमितिमा घनश्याम पौडेल, मञ्च व्यवस्थापन उप समितिमा चित्रबहादुर तामाङ, खाना व्यवस्थापन उप समितिमा नेत्रप्रसाद पौडेल, कलश यात्रा उप समितिमा सरला देवकोटा, अतिथि सत्कार उप समितिमा विष्णुप्रसाद देवकोटा र स्वयंसेवक व्यवस्थापन उप समितिमा रवि घले संयोजक रहनु भएको छ ।

रसुवा जिल्लाकै पूरानो र ऐतिहासिक धार्मिक स्थलको रुपमा स्थापित थुम्की महादेव मन्दिरका रुपमा चिनिने नीलकण्ठ मन्दिरमा वर्षेनी विभिन्न धार्मिक मेला महोत्सवहरुहुँदै आएकाे छ । शिबपुराण प्रवचनमा  सम्पूर्ण भक्तजनलाई निमन्त्रणा गरिएकाे र उद्घाटन कार्यक्रम प्रमुख अतिथि माननीय शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर समापन कार्यक्रममा माननीय संसद  माेहन अाचार्य प्रमुख अतिथि रहने जनाइएकाे छ ।

Comments

comments