जलवायु परिवर्तन अनुकुलन बारे अभिमुखीकरण सम्पन्न

87263201_117370209850496_3198461062999441408_o (1)
रसुवा,  दिगो उद्दम तथा वातावरण विकास समाजको अायाेजनामा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी एक दिने अभिमुखीकरण उत्तरगया गाउँपालिकाकाे कार्यालय खाल्टेमा सम्पन्न भयाे  ।
 87263201_117370209850496_3198461062999441408_o
उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्साल, उपप्रमुख चमेली गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन खडका, वडा नं. १,२,३,५ का वडा अध्यक्षहरू तथा जनप्रतिनिधीहरू सहभागी अभिमुखीकरणमा दिगो उद्दम तथा वातावरण विकास समाजका अध्यक्ष रमेशकुमार लामिछाने जानकारी दिनुभयाे भने उत्थानशील परियोजनाका कार्यक्रम संयोजक नारायण भट्टराईले परियोजनाको उदेश्य बारे प्रकाश पार्नुभएको थियोे ।
क्रिस्चियन एडका कार्यक्रम अधिकृत पल्लब रेग्मीले सहजीकरण गर्नु भएको कार्यक्रम जलवायु परिवर्तन मापन गर्ने पद्धति ,जानकारी यसबाट उत्पन्न समस्या असरहरु ,अहिलेसम्म जलबायु परिवर्तन सम्बन्धी प्रयासहरू यससँग सम्बन्धी राष्ट्रिय नीति तथा कार्यक्रमको बारेमा जानकारी दिंदै  जलवायु परिवर्तन र त्यसकाे असर बारे अभिमुखीकरण गर्नुभएको थियो ।
 87263201_117370209850496_3198461062999441408_o
कार्यक्रम गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्सालले जलवायु परिवर्तनलाई मध्यनजर गरी गाउँपालिकाको योजनाहरु तथा कार्यक्रममा जोड् दिने बताउँनुभयो । उहाँले हामी सवैले आ-आफनो क्षेत्रबाट जलवायु परिवर्तनलाई मध्येनजर राखेर योगदान पुर्याउनु पर्ने बताउँनुभयाे । जलवायु परिवर्तन अनुकुलन सम्बन्धमा सहभागीहरूले महत्व दिएर छलफल भएकाे सिड्स रसुवाको जिवीकोपार्जन अधिकृत नबिन प्याकुरेलले जानकारी दिनुभयो ।87453010_117370199850497_3748946604715933696_o

Comments

comments