नीलकण्ठ माविकाे ७० औँ वार्षिक उत्सव

Nilakantha school

रसुवा, उत्तरगया गाउँपालिका वडा नं ५ बोगटीटारमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयकाे  ७० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।Nilakantha school

२००७ सालमा स्थापना भएको उक्त विद्यालय उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल र उपाध्यक्ष चमेली गुरुङले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् । विद्यालयले अझै विद्धान व्यक्तिहरू उत्पादन गर्न सकोस भन्दै अध्यक्ष लम्सालले निजी बोर्डिङ भन्दा पनि माथि रहेर पढाईलाई अब्बल बनाएकोमा हृदयदेखि नै धन्यवाद दिनुभयाे ।

कार्यक्रममा विद्यालयबाट निवृत्त शिक्षकहरु रामकृष्ण प्याकुरेल र रामाशिस साहलाई दिर्घ सेवा सम्मान गरिएको थियो । फागुन ५ देखि ७ गतेसम्म सन्चालित गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालयको तर्फबाट उत्कृष्ट भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयको आयोजनामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ओमप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियाे।

सरस्वती न्याैपाने

Comments

comments