साझेदारी मञ्चको बैठक सम्पन्न

CDC

रसुवाको उत्तरगया गाउँपालिकामा साझेदारी मञ्चको बैठक सम्पन्न भएको छ । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सामुदायिक विकास केन्द्र नेपालको सहजिकरण कार्यक्रममा आशा परियोजनाले  निजी अावास पुर्ननिमार्ण थप सम्बन्धि छलफल गरेकाे छ ।

रसुवा जिल्लामा भित्रने आन्तरिक पर्यटकलाई प्रवेशद्धार बेत्रावतिमा ट्रेकिङ एजेन्सीसगँ समन्वय गरी पुनस्थापना सहयोग गर्ने समेत निर्णय भएको छ ।


त्यसैगरी रसुवाको पासाङल्हामु रार्जमार्गको लागत कट्टा र जङ्गली जनावरले पु¥याएको क्षती ले यहाँका स्थानीयबासीले धेरै समस्या भोग्नु परेकाले यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायलाई ध्यानआकर्षण गराउने प्रतिबद्धता साझेदारी मञ्चका सदस्यहरुले गरेका छन् ।

आवास पुन निर्माण लाभग्राही सूचिमा पटक पटक गुनासो सम्बोधन नहुदाँ भूकम्प प्रभावित तथा विस्थापितले भोग्नु परेका समस्याको सम्बोधन गर्न जिल्ला स्थित उत्तरगया गाउँपालिकासगँ समन्वय गरी यसको समाधान गर्ने सामुदायिक विकास केन्द्र नेपालले जानकारी दिएकाे छ ।

Comments

comments