कोरोना संक्रमण हुनबाट जाेगाउन डिसइनफेक्सन

92707547_223090095442304_2672090804872282112_n

रसुवा, गोसाइँकुण्ड गाउँपालिकाले  नागरिकलाई कोरोना संक्रमण हुनबाट जाेगाउन ६ वटै वडामा  किटनासक औषधि (डिसइनफेक्टेन्ट) छर्केकाे छ। गाउँपालिकाले पहिलो चरणमा बजार क्षेत्रमा औषधि छर्केकाे थियाे ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले मंगलबार स्याफ्रु र बुधबार धुन्चे बजारमा कोरोना भाइरसविरुद्धको किटनासक औषधि छर्ने काम भएकाे बताउनुभयाे । वडा नं ४ लाङटाङ बाहेक सवै वडामा  किटनासक औषधि (डिसइनफेक्टेन्ट) छर्कन  काम भएकाे सूचना अधिकारी अर्गजुन डाेटेलले बताउँनुभयाे । २५ सय लिटर औषधि ल्याएर वडा वडामा डिसइनफेक्टेन् गरिएकाे छ । 92146269_259860448509603_3994420229248647168_n

गाउँपालिकाले नेपाल प्रहरी, नेपाली सेना तथा वडा कार्यालयसँग समन्वय गरेर काम गरेकाे हाे । गाउँपालिकामा रहेका सरकारी कार्यालय, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्वारेन्टाइन, अत्यावश्यक सामग्री किनमेल गर्ने पसललगायतका आवश्यक स्थानमा कोरोनाको संक्रमण रोकथामका लागि यस विरुद्धको औषधि छर्ने काम गरिएकाे हाे ।

स्याफ्रुमा करिब हजार लिटर र धुन्चेमा चार सय लिटर औषधि छर्किएको छ। गाउँपालिकाभित्र रहेका हरेक नागरिकलाई कोरोना संक्रमण हुनबाट जाेगाउन  गाउँपालिकाले विभिन्न काम गर्दै आएको गाउँपालिकाका प्रमुख कैसाङनुर्पू तामाङले बताउनुभयाे ।

Comments

comments