कालिका विपद् व्यवस्थापन कोषमा राहत हस्तान्तरण

93234293_10220844969089967_4236129486745108480_n

रसुवा,कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि हुने अभियान तथा राहत वितरण प्रयोजनमा सहयोग गर्ने उद्देश्यले सामुदायिक आत्मनिर्भर सेवा केन्द्र रसुवा र जिल्ला भूमि अधिकार मञ्चको संयुक्त रुपमा रु २५ हजार  रुपियाँ आर्थिक सङ्कलन गरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा हस्तान्तरण भयाे ।

जिल्ला मञ्चका अध्यक्ष हेमनाथ खतिवडा र सामुदायिक आत्मनिर्भर केन्द्रका  विश्वास नेपालीले साे चेक गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलाइ हस्तान्तरण गरेका हुन् ।

 गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेलाई २५,००० रुपियाँको चेक हस्तान्तरण गरिएको हो । यस क्रममा गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारी, जिल्ला मञ्चका अध्यक्ष हेमनाथ खतिवडा, कोषाध्यक्ष भुवनेश्वरी लामिछाने, सामुदायिक आत्मनिर्भर केन्द्रबाट सुष्मा न्यौपाने र विश्वास नेपाली सहभागी थिए ।

Comments

comments