गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

Rahat

सिड्स रसुवा र केयर नेपालको साझेदारीमा संञ्चालित सम्मान परियोजनामार्फत रसुवाको उत्तरगया गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ ।

सामग्रीहरूमा  थर्मल गन २ पिस, सर्जिकल माक्स ७ बक्स, सेनिटाईजर ५०० मिलि लिटरको ८ पिस, पन्जा ५ बक्स उत्तरगया गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्साल र उपाध्यक्ष चमेली गुरुङलाई सिड्स रसुवाका अध्यक्ष रमेश लामिछानेद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । सहयाेगी संस्था  क्रिश्चियन एड्को साझेदारीमा संचालित  परियोजनामार्फत गर्भवती, सुत्केरीहरुका लागि पोषीलो खानेकुरा, गाउँपालिकालाई स्वास्थ्य सामाग्री, हात धुने स्थान स्थापना, खाध्यान्न अभाब भएका परिवारलाई खाध्य सामग्री उपलब्ध गराउन विषयमा  समन्वय भएको छ ।कोरोना भाइरस कोभिड १९ को माहामारीले उत्पन्न गरेको संकटको समयमा सहकार्य गरेकोमा सिड्स  रसुवालाई उत्तरगया गाउँपालिका  परिवार धन्यवाद दिएकाे छ ।

Comments

comments