रसुवामा १ सय ९३ जनाकाे आरडिटी

Rapid kid

रसुवामा हालसम्म १ सय ९३ जनाकाे आरडिटी भएकाे छ । बिभिन्न जिल्लाबाट रसुवा प्रबेश गरी जिल्लाको ५ वटै गाउँपालिकामा सेल्फ होम क्वारेन्टाइनमा बसिरहेकाहरु ४ सय ४४ जनाको ¥यापिड डाइग्रष्टिक टेष्ट गरिने भएको हो ।

जिल्लास्तरिय कोभिड -१९ संकट व्यवस्थापन केन्द्र रसुवाको बैशाख २१ गते बसेको बैठकको निर्णय अनुसार बिभिन्न जिल्लाबाट रसुवा प्रबेश गरी सेल्फ क्वारेन्टाइनमा बसी १४ दिन पुरा भएका व्यक्तिहरुको आरडिटी परीक्षण गरिने जनाइएको छ ।

काठमाण्डौ, संखुवासभा, कैलाली र इलामबाट जिल्ला आएका ४ सय ४४ जनाको आरडिटी परीक्षण थालनी गरिएकाे छ । आरडिटी परिक्षण गर्नका लागि कोरोना क्राईसिस म्यानेजमेन्ट सेन्टरले सूचना निकालेर मिति र स्थान तोकेको छ ।  आज उत्तरगया गाउँपालिकामा १८ जना, कालिका गाउँपालिकाको जिवजिवेमा ८ जना र कालिकास्थानमा १६ जना, नौकुण्ड गाउँपालिकाकामा २५ जना र सदरमुकाम  धुन्चेमा ९ जनाको गरी कुल ७६ जनाको ¥यापिड डाइग्रष्टिक टेष्ट भएको सवै नेगेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठलेका अनुसार यसअघि बिभिन्न जिल्लाबाट तथा तेस्रो मुलुलबाट आएकाहरूको ¥यापिड डाइग्रष्टिक टेष्ट गरिने छ । जिल्लाभर १ सय ९३ जनाको ¥यापीड डाइग्रष्टिक टेष्ट भएको सवै नेगेटिभ देखिएको छ ।

Comments

comments