चीनबाट २ करोड ३८ लाखकाे खाद्य तथा स्वास्थ्य सामग्री प्रदान

china-900x563

कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चिनियाँ अधिकारीले खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन्

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलुङ काउन्टीले सहयोगस्वरूप आइतबार प्रतिबोरा २५ केजीका दरले चामल र मैदा एक हजार एक सय– एक हजार एक बोरा र खाने तेल तीन हजार ७ सय ८० लिटर सहयोग प्रदान गरेको हो । यसैगरी स्वास्थ्य सामग्रीतर्फ पिपिई एक हजार एक सय थान, मास्क एक लाख ३० हजार थान, एन९५ मास्क एक हजार पाँच सय थान र इन्फ्रारेड थर्मामिटर ११० वटा प्राप्त भएको छ ।

उक्त सामग्री जिलुङ प्रशासकले रसुवागढीस्थित लेन्देखोलामा रहेको मितेरी पुलबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको प्रजिअ भण्डारीले बताएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि यसअघि चीन सरकारका तर्फबाट रसुवालाई दुई पटक सहयोगस्वरूप स्वास्थ्य सामग्री प्रदान गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । प्राप्त राहत गाउँपालिकामा पठाइएकाे छ । ५ वटै गाउँपालिकालाई २ सय १० बोरा चामल,२ सय २० बोरा मैदा र १० लिटरको ६५ बाक्सा खाने तेल हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार सुरक्षाकर्मी, अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्‍वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयाे ।china-900x563

Comments

comments