सवारी दुर्घटनामा ३ जना घाइते

जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. ५ बाह्रघुम्ती स्थित श्याफ्रुवेशी- धुन्चे  (पासाङ ल्हामु) सडक खण्डमा स्याफ्रूवेशीबाट धुन्चेतर्फ आउँदै गरेको बा १४ च १६६१ नम्बरको स्कारपियो गाडी अचानक अनियन्त्रित भई सडकबाट ६० मीटर तल खसी दुर्घटना भएको थियाे ।

ङटनाकाे सूचना पाउनासाथ प्रहरी चौकी स्याफ्रुवेशीबाट प्रहरी टोली खटी गएको, चालक सहित ३ जना मानिसहरु सामान्य घाइतेलाइ  उपचारको लागि जिल्ला अस्पताल धुन्चे पठाएर उपचार भई रहेको, गाडी घटना स्थलमा नै रहेको छ भने साे गाडी अगाडीको भाग पूर्ण रुपमा क्षति भएको तर सडक भने सुचारू रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

Comments

comments