विश्व कम्युनिष्ट घाेषणा पत्र बारे छलफल

105971692_741727319919206_5955422767603779798_n(1)

रसुवा, पठन संस्कृति विकासका लागि केही अध्ययनशील युवाहरूले अभियान सुरु गरेका छन्। बिभिन्न  विषयमा छलफल विमर्श गर्ने गरी पठन संस्कृति अभियान सुरु गरिएको हाे । यस पटक  विश्व कम्युनिष्ट घाेषणा पत्र बारे छलफल भयाे ।

कम्युनिष्ट सिद्धान्तहरू बारे चर्चा गर्ने , सिद्धान्त बारे खास बहस गर्ने चलन सुरूवात गर्ने उद्देश्यले अभियान सुरू भएकाे हाे ।  नेपालमा कम्युनिष्टहरूलाई सत्तामार्फत सिद्धान्तहरूको प्रयोग गर्न मिल्ने स्थिति नभएकाेले  बहसकाे सुरूवात गरिएकाे हाे । जिल्लामा सैद्धान्तिक बहस बारे शृङखला आरम्भ भएको छ । ०७७ असार ६ गते रसुवाको कालिकास्थानमा कम्युनिष्ट पार्टीको घोषणा पत्रमाथि छलफल भएको हो । घोषणा पत्रमाथि उद्धवप्रसाद रिजालले कार्यपत्र प्रतुत गर्नुभयाे ।105971692_741727319919206_5955422767603779798_n(1)

कार्यपत्र माथि समाजसास्त्रीय दृष्टिकोणबाट इन्द्र गौतम जगतजंग, दार्शनिक दृष्टिकोणबाट माधब लामिछाने समिर, अर्थसास्त्रीय दृष्टिकोणबाट जयराम आचार्यले टिप्पणी गर्नुभयाे ।  कार्यक्रमको उद्देश्य बारे विस्वास नेपालीले प्रष्ट पार्नुभएकाे थियो । पढ्ने तथा छलफल गर्ने संस्कृतिका लागि लुज फोरमले यस्तो कार्यक्रम सरूवात गरेको हो । मासिक रूपमा भिन्न विषयमा यस्तो कार्यक्रम हुने छ । कार्ल माक्स र एङगेल्सद्धारा तयार भएको नेपालमा कम्युनिस्ट  पार्टीको घोषणा पत्रको बारेमा साउन महिनमा छलफल हुनेछ । यस्ता कार्यक्रमले बौद्धिक तथा प्राज्ञिक विकासका साथै पठन संस्कृति विकासमा टेवा पुग्ने विश्वास लिइएको छ। महिनाको एकपटक समसामयिक एवं वैचारिक विषयमा कार्यपत्र प्रस्तुत  तथा सहभागी वीच विचार–विमर्श गरिनेछ।105662631_189493515815200_7991399856942727335_n

Comments

comments