कालिका गाउँपालिकाको सातौँ गाउँ सभा सम्पन्न

105494418_2588371468043867_6643677739308711388_o

कालिकास्थान, रसुवा  “कृषि, पर्यटन र पशुपंक्षी कालिका गाउँपालिकाको समृद्दि” भन्ने मूल नाराका साथ कालिका गाउँपालिकाको सातौँ गाउँ सभा बुधबार कालिका गाउँपालिकाकाे सभा हलमा सम्पन्न भएको छ ।

सभाकाे प्रमुख अतिथी जिल्ला समन्वय समिति रसुवाका  प्रमुख कुलप्रसाद भट्टले उद्घाटन गर्नुभयाे । सभामा कृषि तथा  पशुपालनमा उत्कृष्ट हुने पाँच कृषकलाई सम्मान पत्र, पुरस्कार नगद रु २०/२० हजार रूपियाँ सहित दोसल्ला ओढाएर प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख भट्टले सम्मन – पत्र प्रदान गरी सम्मान  गर्नुभयाे ।

कालिका गाउँपालिकाले पूँजीगत तर्फको बजेट मध्ये पूर्वाधार विकास अन्तर्गत समपूरक अनुदानमा २ करोड ४२ लाख १० हजार ६ सय रूपियाँ, गाउँपालिकाको गौरवको योजनामा ३५ लाख रूपियाँ गाउँपालिका स्तरीय पूर्वाधार निर्माणमा १ करोड ६० लाख, अव्यवस्थित वसोवास व्यवस्थापन तथा गाउँपालिका कार्यालय व्यवस्थापनमा ५० लाख रूपियाँ , अध्यक्ष विकास कार्यक्रममा १५ लाख रूपियाँ , उपाध्यक्ष विकास कार्यक्रममा १५ लाख रूपियाँ र वडास्तरीय पूर्वाधार अन्तर्गत कालिका गाउँपालिकाको पाँचै वटा वडालाई ६०/६० लाख रूपियाँ रकम विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूँजीगतर्फको बजेटमध्ये आर्थिक विकासतर्फ ९० लाख रूपियाँ विनियोजन गरिएको छ । आर्थिक विकासको कृषि तर्फ ४० लाख, पशु सेवामा ४० लाख रूपियाँ, उधोग तथा लघु उधोग विकास कार्यक्रम साझेदारीमा ५ लाख रूपियाँ र भूमि सुधार, सुकुम्बासी, विर्ता सम्बन्धि कार्यक्रमका लागि ५ लाख रूपियाँ विनियोजन गरिएको छ ।


सामाजिक विकासतर्फ २ करोड ७१ लाख ५५ हजार रूपियाँ विनियोजन गरिएको छ । जसमा शिक्षातर्फ ६३ लाख ५० हजार, स्वास्थमा ८३ लाख रूपियाँ, आयुर्वेदमा सेवामा १० लाख रूपियाँ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा १५ लाख ५ हजार रूपियाँ र विद्यालय समायोजन अनुदानतर्फ १ करोड रूपियाँ विनियोजन गरिएको छ । वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ ४८ लाख रूपियाँ , कार्यालय संचालन तथा प्रशासनिक तर्फ ५ करोड ५४ लाख ७२ हजार ८ सय ६० रूपियाँ र सुशासन तथा संस्थागत विकास तर्फ १८ लाख रूपियाँ विनियोजन गरिएको छ । कालिका गाउँपालिकाको सातौँ गाउँसभामा  उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले साे बजेट प्रस्तुत गर्नुभएको हो । त्यसै गरी नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।


आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा कृषि, पशुपंक्षी, पर्यटन, शिक्षा, स्वास्थ्यसँगै गाउँपालिकाले पूर्वाधारमा बढी जोड्र  दिएको छ । पूर्वाधार निर्माणमा सडक निर्माण, मर्मत सम्भारदेखि सिंचाई, खानेपानी योजना, गाउँपालिका भवन, वडा कार्यालय भवन निर्माण, स्वास्थ्य सेवामा काेराेना भाइरस (कोभिड–१९) विपद व्यवस्थापन, वन तथा वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, खेलकुद मैदानदेखि विद्यालय कक्षा कोठा भवन निर्माणसम्म समेटिएकाे छ ।

गाउँसभामा नेपाल पत्रकार महसंङ्घ, भूमिअधिकार मञ्च, रेडियाे लाङटाङ, जिल्ला समन्वय समिति सदस्यहरू लगायत सहभागी थिए । असार १० गते पाँच वटै गाउँपालिकाकाे गाउँसभा सम्पन्न भएकाे छ ।

Comments

comments