किसानलाइ मिनी ट्रिलर (ट्याक्टर) बितरण

106339222_267219821007601_827252593830097333_n

रसुवा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन संचालक समिति रसुवाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत रकम कृषकबाट  मिनी टिलर (ट्याक्टर) बितरणभयाे । 105877861_798210010585202_5291708628250582696_n

एक कार्यक्रमकाबीच प्रमुख अतिथी जिल्ला समन्वय समिति रसुवा प्रमुख कुल प्रसाद भट्ट र उत्तरगया गाउँपालिका- ५ का वडा अध्यक्ष इश्वर थापाले मिनी टिलर (ट्याक्टर) किसानलाइ हस्तान्तरण गर्नुभयाे ।

साे अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन रसुवाका प्रमुख बरिष्ठ कृषि अधिकृत दिपक अधिकारी, जिल्ला समन्वय समिति रसुवाका सदस्य रमेश सुवेदी , नेकपा नेता यमनाथ अाचार्य, नेपाली काँग्रेसका सराेज न्याैपाने , स्थानीय वडा सदस्यहरू  सहभागि थिए ।  पहिलो चरणकाे कार्यक्रम अन्तरगत १२ वटा मिनी ट्याक्टर र २६ वटा स्प्रेयर उत्तरगया गाउँपालिका – ५ बनुवा घुम्तीमा कृषक समूहमा आवद्ध कृषकहरूलाई आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित गरिएको ५० प्रतिशत अनुदान रकमबाट परियोजनामा सूचीकृत भएकाहरूलाई आवश्यकता अनुसार वितरण गरिएको जोन संचालक समितिका अध्यक्ष फुर्पूसिंङ्गी तामाङले बताउँनुभयो । किसानलाइ आत्मानिर्भर बनाउन कृषि औजार वितरण गरिएकाे जनाइएकाे छ ।

तस्वीरहरू 106339222_267219821007601_827252593830097333_n105672314_633933897470143_4247905732465792645_n

Comments

comments