कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४३ पुग्याे

Rapid-Corona-Test

नेपालमा कोरोना भाइरस (काेभिड- १९) का कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

Comments

comments