ह्यासट्याग ट्वीटरमा ‘भाइरल’

donate
काठमाडौंस्थित भारतीय दूतावासले नेपाल आयल निगमसँग इन्धन मागेपछि केही नेपाली ट्विटर प्रयोगकर्ताले तेल दान गर्ने अभियान सुरु गरेका छन्। नेपालमाथि नाकाबन्दी लगाउने भारतविरुद्ध रचनात्मक बिरोध जनाउन ट्विटर प्रयोगकर्ताहरु अहिले तेल माग्दै ट्विट गरिरहेका छन्।
#DonateOilToIndianEmbassy ह्यास ट्यागमार्फत  ट्विटर प्रयोगकर्ताहरुले  तेल संकलन गरिरहेका हुन्। आपूर्ति बन्द भएसँगै तेलको अभावले सर्वसाधारण नेपालीको जनजीवन कस्टकर बन्दै गएको अवस्थामा भारतीय दूतावासले मंगलबार  निगमसँग १०० देखि १५० लिटर तेल उपलब्ध गराउन पत्र लेखेको थियो।  त्यसको जवाफस्वरुप ट्विटर प्रयोगकर्ताले दूतावासलाई तेल दान गर्ने अभिायन चलाएका हुन्। ट्विटर प्रयोगकर्ताले दिउसो ३ बजे लैनचउरमा लाइन लागेर दूतावासमा तेल बुझाउने कार्यक्रम तय गरेका छन्।

Comments

comments