अक्सिजन अभाव हुन नदिन सिलिण्डर हस्तान्तरण

185998852_3967360286680364_1755452583149075076_n

रसुवा, वैशाख ३१ गते निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले २५ वटा अक्सिजन सिलिन्डर  जिल्ला विपत व्यवस्थापन समितिमा उपलब्ध गराएको छ । आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले २५ वटा खाली अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।184993320_3967361160013610_1561779571003605969_n

कोरोना महामारीमा अक्सिजन सिलिन्डरसमेत नपाएको र अक्सिजनको अभावमा देशभर ज्यान गुमाएको घटना धेरै रहेकाले महामारीको समयमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई २५ वटा खाली सिडिन्डर हस्तान्तरण गरेको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले जानकारी दिनुभयाे । ‘महामारीको समयमा केही राहत पुग्ने हुँदा हामीले अक्सिजनको खाली सिलिन्डर उपलब्ध गराएका हौँ, यो महामारी सकिएपछि हामीलाई पुनः फिर्ता हुने गरी सिलिन्डर दिएका छौँ, हामीले दिएको सिलिन्डर बिहीबार अक्सिजन भर्नका लागि नुवाकोटको ककनी पठाएको छ,’ उहाँले भन्नुभयाे । जिल्लामा एक सयवटा अक्सिजनको खाली सिडिन्डर माैज्दात रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयाे ।

जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला अस्पताल धुञ्चे तथा ग्रामीण अस्पताल जिवजिवेमा अक्सिजनको उचित प्रबन्ध गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले सम्भावित जोखिमलाई ध्यानदिँदै अक्सिजनको मौज्दात गरिएको बताउनुभयाे । रसुवागढी,साञ्जेन र सालासुङ्गी जलविद्युुत आयोजनाले साे अक्सिजन सिलिण्डरको सहयोग गरेका थिए ।

तस्वीर इन्जिनियर विकार भट्टकाे फेसबुकबाट

185764433_3967361416680251_3453090838328748114_n

Comments

comments