आठ स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री बितरण

HP

रसुवा, असोज १६ गते ।  नौकुण्ड गाउँपालिकाको ८ वटा स्वास्थ्य संस्थालाई  अक्सिजन कन्सन्ट्रेटलगायत अति आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको छ । रसुवा ट्रेक्स एण्ड एक्पीडिसनका निर्देशक एवम् समाजसेवी बलराम न्यौपाने र गगनराज न्यौपानेको समन्वयमा स्वास्थ्य उपकरण हस्तान्तरण भएकाे हाे ।

डाइरेक्ट रिलिफ अमेरिका र माउन्टेन हार्ट नेपालको विशेष सहयोगमा रसुवा ट्रेक्स एण्ड एक्सपिडिसनको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त गरेको थियो भने पीपीई सेट र अक्सिमिटर प्रारम्भ सामाजिक संस्थाबाट प्राप्त भएको हो । कुल १६ लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरणहरूमा ८ वटा अक्सिजन कन्सन्ट्रेटर, ८ सेट भोल्टेज रेगुलेटर, १५ सेट पिपिइ ८ वटा अक्सिमिटरहरू छन् । उक्त स्वस्थ्य सामग्रीहरु सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसी , जिल्ला स्वास्थ्य प्रमुख बसन्त चालिसे, नौकुण्ड गाउँपालिका वडा नं ६ का अध्यक्ष धर्मबहादुर थोक्रा र विभिन्न स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्जहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो । सबै स्वास्थ्य सामग्री रसुवा ट्रेक्स एण्ड एक्पीडिसनका निर्देशक तथा पर्यटन व्यवसायी समाजसेवी बलराम न्यौपाने र गगनराज न्यौपानेको समन्वयमा सम्बन्धित स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष धर्मबहादुर थोक्राले बताउनुभयो । बिकट गाउँको स्वास्थ्य सेवा प्रबाहमा सहजता ल्याउन महत्वपूर्ण स्वास्थ्य सामग्री प्राप्त भएकोमा सिङ्गो नौकुण्ड गाउँपालिकाको तर्फबाट धेरै धन्यवाद दिदैं सम्मान योग्य काम भएको थोक्राले बताउँनुभयो ।

अक्सिजन कन्सन्ट्रेटर कोरोनाकाे उपचारमा मात्रै नभएर दम तथा अन्य बिरामीको लागि पनि उपयुक्त हुने आशा गरिएको छ। सामग्रीहरूको सही ढंगले उपयोग गर्नको लागि न्यौपानेले अनुरोध समेत गर्नुभयो । उहाँले जिल्लाको विभिन्न भेगमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा न्यौपाने दशकदेखि सहयाेग गर्दै आउनुभएकाे छ । समय समयमा  स्वास्थ्य शिविर आयोजना गर्नेदेखि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने , विद्यालय भवन निर्माणलगायत अस्पताल बनाउने र  विद्यालयहरु निर्माणमा जग्गा खरिद गर्नमा सहयोग पुर्याउदै आएका छन्। आगामी दिनहमा पनि निरन्तर अन्तर्राष्ट्रिय दाताहरुसँग समन्वय सहयोग गरी समाजसेवामा लागिरहने न्याैपानेले प्रतिबद्धता व्यक्त गरेका छन्।

तस्वीर : रसुवा ट्रेक्सले एण्ड एस्सपीडिसका बलराम न्यौपाने अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य उपकरण नौकुण्ड- ६ का वडा अध्यक्ष धर्मबहादुर थोक्रामार्फत स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिदै ।

Comments

comments