आठ हजार ७ सय ७७ जनामा काेभिड सङ्क्रमण, ८८ जनाको मृत्यु

Corona Virus

वैशाख २६ गते । नेपालमा कोरोना भाइरस (काेभिड १९) का कारण आठ हजार ७ सय ७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७ सय ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ९४ हजार ६ सय ६७ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५ सय ६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । उहाँले हाल ८८ हजार १ सय ६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो । मन्त्रालयका अनुसार हाल ४ सय १९ जना क्वारेन्टिनमा छन् । प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जना मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा ३६ जना थप गरी ८८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

Comments

comments