आशा परियोजनाको कार्यक्रम अनुगमन

243145671_6154640244608662_1620031109562336762_n

रसुवा, सामुदायिक विकास केन्द्र नेपाल अन्तर्गत आशा परियोजनाको उत्तरगया गाउँपालिकामा कार्यक्रम अनुगमन ०७८ असाेज १२ गते सम्पन्न भयो ।

243145671_6154640244608662_1620031109562336762_n
उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्साल, वडा अध्यक्षहरु केशरबहादुर बुलुन, इश्वर थापा मगर, जिल्ला समन्वय समिति सदस्य कृष्णप्रसाद सुवेदी, अर्जुनप्रसाद पौडेल, सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपाल, लयप्रसाद उप्रेतीलगायत सहभागी थिए ।

उत्तरगया गाउँपालिका वडा नं ४ र ५ का बिभिन्न लाभग्राहीहरुको घरमा पुगेर अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कुखुरा पालक कृषकलाइ चल्ला , प्रबिधी, खोर व्यवस्थापन, व्यवसायिक योजना तयार , पानी घट्ट सुधार , जिविकोपार्जनको क्षेत्रमा अपाङ्गता भएका, जेष्ठ नागरिक , विपन्न तथा एकल महिला रहेका परिवारमा अनुदान सहयोग प्रदान गरिएको थियो । कार्यक्रमले अति विपन्न परिवारलाइ निजी आवास निर्माणमा पनि सहयोग गरेको र आयआर्जनमा अनुदान सहयोग गरेको आशा परियोजनाका उत्तरगया फिल्ड अधिकृत रामहरि घिमिरेले बताउनुभयो ।243116780_726617242074529_8024479387074670314_n

Comments

comments