एमाले कार्यकर्ता प्रशिक्षण सम्पन्न

298456913_5331580123556706_4674543902917315343_n

रसुवा, नेकपा एमाले रसुवाले संगठन सुदृढीकरण तथा प्रशिक्षणमार्फत आफ्ना कार्यकतालाइ शनिबार प्रशिक्षण दिएकाे छ । जिल्ला, गाउँपालिका र वडा तहसम्म कार्यकर्ता प्रशिक्षण तथा संगठन सुदृढिकरण गर्ने कार्यक्रम लैजाने योजना अनुरुप कालिकास्थानमा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गरेकाे जनाएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफुलाइ कम्युनिष्ट भनेर वर्ग सत्रुका रुपमा आफ्नो महाधिवेशनबाट दस्तावेजमा राख्ने एनेकपा माओवादीले सत्ता गठबन्धन गरेको प्रति टिप्पणी गर्दै नाममात्रको कम्युनिष्टहरु अब जनताबाट नाङ्गिने बताउनुभयो । लामो समयदेखि आफुले नजिकबाट हेरेको रसुवामा पार्टी संगठन धेरै राम्रो भएको बताउँदै अबको निर्वाचनपछि एमाले जनताको भरोसा अनुरुप काम गर्न सरकारमा जाने बताउनुभयो ।299462961_1947309738796156_2337684102666591095_n

नेकपा एमाले केन्द्रीय नेता शेरबहादुर तामाङले वर्तमान परिस्थिति र मंसिरमा हुने निर्वाचमा पार्टी कार्यकर्तालाइ एकवद्ध भएर लाग्न अनुराेध गर्नुभयाे । प्रशिक्षणमा पार्टीका बागमती प्रदेश संगठन कमिटी अध्यक्ष केशव पाण्डे, जिल्ला नेताहरु जनार्दन ढकाल उद्धवप्रसाद रिजाल, जिल्ला अध्यक्ष कन्र्याल लामालगायतका नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा पाँचवटै गाउँपालिकाबाट सहभागी थिए । कार्यक्रममा कालिका गाउँपालिका वडा नं ३ र ४ का लगायत जिल्नेलाका बिभिन्न स्थानबाट माओवादी केन्द्रलगायत २० जना पार्टी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुलाइ प्रमुख अतिथि र अतिथीहरुले रातो टिका र खादाले स्वागत ग298456913_5331580123556706_4674543902917315343_n (1)रेका थिए । कार्यक्रममा पार्टी जिल्ला, प्रदेश तथा विभिन्न कमिटीका नेता कार्यर्ता जन वर्गिय संगठनका प्रतिनिधि र जनप्रतिनिधी सहभागी रहेकाे नेकपा एमाले जिल्ला नेता रामकुमार न्याैपानेले बताउनुभयाे ।