एमाले नेताकाे पहलमा रसुवाकाे विकासका लागि ५५ करोड ५५ लाख ६५ हजार बजेट विनियोजन

JD

रसुवा, जेठ २४ गते  । जिल्लाका विकासप्रेमी नेता, संबिधानसभा सदस्य एवम् नेकपा एमालेका नेता जनार्दन ढकालकाे पहलमा विभिन्न सडक स्तरोन्नतिका लागि  सङ्घीय सरकार र प्रदेश सरकारको साझेदारीमा ५५ करोड ५५ लाख ६५ हजार रूपियाँ बजेट विनियोजन भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।JD

कालिका गाउपालिका अन्तर्गतको धारापानी-रुप्सेपानी-जिबजिबे-ज्याङल्याङ-मुडुल्ली भन्ज्याङ सडक स्तराेन्नती तथा धोबीखोला पुल निर्माणका लागि बजेट विनियोजन भएको हो । कालिका गाउँपालिका वडा ३, ४ र ५ का स्थानीयलाइ सडकको सहज पहुँचमा जोड्न संविधानसभा सदस्य ढकालको पहलमा बजेट विनियोजन भएको हो ।

नेता ढकाल ०७४ काे निवार्चनमा हार बेहोरे पनि निरन्तर जनताको सेवामा सकृयताका साथ लागि परेका छन् । नेता ढकालले सामाजिक संजाल फेसबुकमा पाेष्ट गरेका छन् । एउटा अर्को प्रयासले सार्थकता पाएको छ। कालिका गाउँपालिका अन्तर्गत “धारापानी -रुप्सेपानी -जिबजिबे -मुडुली भञ्ज्याङ् हुँदैपासाङल्हामु राजमार्ग जोड्ने सडक र रुप्सेपानी धुसेनी दशमुरे सडक “निर्माणका लागि आव ०७८/०७९ को लागि ५५ करोड ५५ लाख ६२ हजार रूपियाँ बिनियोजन गर्न सफल भएको छ। यस सडक निर्माणले जिल्लाको सिङ्गो दक्षिण- पूर्वी भेगका जनताहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने छन्  । इतिहास मै रसुवाको ग्रामीण कृषि सडक निर्माणकार्यका लागि  यति ठूलो बजेट पार्न सफल भएको यो पहिलो हो । उनले बजेट विनियाेजनका लागि पहल गरी सहयाेग गर्ने सवैलाइ धन्यवाद समेत दिएका छन् । उनकाे पहलमा भएकाे सकरात्मक कामकाे बारेमा अहिले अनलाइन मिडिया र सामाजिक संजालमा व्यापक प्रचार भएकाे छ ।

Comments

comments