रसुवा , एसिया अनलुसकाे सहयाेगमा नेपाल कृषिवन प्रतिष्ठानद्वारा नाैकुण्ड गाउँपालिकाकाे विभिन्न वडामा सञ्चालित कार्यक्रमकाे संयुक्त अनुगमन ०७८ मङसिर २८ गते सम्पन्न भएकाे छ ।
गाउँपालिका उपाध्यक्ष सिर्जना लामा, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्य, वडा सदस्यहरू, पत्रकार, गाउँपालिका कर्मचारी, कृषि प्राबिधिकलगायत सहभागी कार्यक्रममा घाँस तथा फलफुलका बिरूवा नर्सरी, तरकारी खेती, माैरी पालन, कफी खेती, च्याउ फार्म, सिञ्चाइ पाेखरी, सहकारी स्थापना तथा भवन निर्माणलगायतका कार्यक्रममा संस्थाले सहयाेग गरेकाे स्थानीयले लाभ पाएकाे लाभग्रहीहरूले बताए । कार्यक्रमकाे बारेमा संक्षीप्त जानकारी नेपाल कृषि वन प्रतिष्ठानका कार्यक्रम संयाेजक विष्णु घिमिरेले दिनुभयाे । प्रतिष्ठानले सरमथलीमा स्थानीय किसानले उत्पादन गरेकाे अर्गानिक कफी प्रशाेधन मेशिन समेत केही समय पछि उपलब्ध गराउने जनाएकाे छ ।
संस्थाले वडा नं ५ मा नाैकुण्ड सहकारी संस्था स्थापनाका लागि मसलन्द, कम्प्युटर तथा भवन निर्माणमा समेत गाउँपालिकासँगकाे साँझेदारीमा सहयाेग गरेकाे जानकारी दिइएकाे थियाे ।
तस्वीर ः भाेर्ले स्थित नाैकुण्ड सहकारी भवनमा सहभागीहरू
Related Posts
- बनुवाडाडाँ नजिकै पहिराे जाँदा पासाङ ल्हामुमार्ग अवरूद्ध, धेरै खेती बगायाे
- मृत्यु संस्कारमा मदिरा प्रयोग नगरे वडा कार्यालयले नगद प्रदान गर्ने
- राष्ट्रपति भण्डारीद्वारा उत्तरगया धामकाे भ्रमण
- पारस्पारिक जवाफदेहिता कार्यक्रम समापन
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि पाँचदिनदेखि सालासुङी विद्युत आयोजना ठप्प