कालिकामा अनलाइनबाटै अन्तिम परीक्षा

Online ExamOnline Exam

रसुवा जेठ २३ गते । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भएकाे बन्दाबन्दीका कारण भाैतिक रूपमा सहभागी हुन नसके पनि कालिका गाउँपालिका–२ स्थित कालिका हिमालय उच्च माविले अनलाईनबाट ४ देखि ११ कक्षासम्मको अन्तिम परीक्षा अनलाइनबाट लिएको छ । सम्भव त यसरी अनलाइनबाट परीक्षा लिने रसुवाकाे पहिलाे सामूदायिक विद्यालय हाे । Kalika Schllo Online exam rr

कोरोना भाइरस (कोभिड–१९) को महामारी पछिको बन्दाबन्दीले गतवर्ष पनि अनलाइन कक्षाको लागि प्रयास गरेपनि धेरैसँग इन्टरनेटको पहुँच थिएन । यसवर्ष अन्तिम परीक्षामा भने अधिकंस विद्यार्थी सहभागी भएका छन् । परीक्षाको विषयमा छलफलका लागि शिक्षकहरू बीच बैठक बसेपछि अनलाइन परीक्षा लिने निर्णय भै सबैजनाले जिम्मेवारी लिएर अगाडि बढेको प्रधानाध्यापक श्याम गुरुङले बताउनुभयो । हामीले तहगत र विषय शिक्षकसँग छलफल गरेपछि कम्प्युटर शिक्षक दिपक पौडेलले कसरी अनलाईन सिष्टममा काम गरेर परीक्षा लिने बोर तालिम सञ्चालन गर्नुभयो ।

191821900_10220074228425575_9134383671511308183_n

अनलाइन परीक्षा तयारीका लागि सवै शिक्षकहरूले एकसाताको तयारी गरेर प्रश्नपत्र तयारी तथा व्यवस्थापन भयो । अनलाइन मिटिङ गरेर विद्यालयको आफ्नै एपको माध्यमबाट परीक्षा लिन विद्यालयले युजर र पासवर्ड विद्यार्थीलाई पठाएको थियो । यस अघि इन्टरनेट सेवामा विद्यार्थीको पहुँच बारे सर्वे गरिएको थियो । परीक्षामा विद्यार्थीहरूले उत्साहजन सहभागीता जनाएका थिए ।

Kalika school

सचेत अभिभावकले विद्यार्थीहरू परीक्षाको अवसरबाट कोही नछुटुन भनेर इन्टरनेटको व्यवस्था गरेको र सवै पक्षको साथले प्रधानाध्यापक गुरुङले बताउनुभयो । कालिका गाउँपालिका शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायतले हौसला प्रदान गर्नुभयो । स्थानीय संचार माध्यमबाट सूचना प्रबाह गर्ने, र विद्यालयको एपमा नमुना प्रश्नमा विद्यार्थीहरूलाई सिकाउन थालियो । परीक्षा अगावै शिक्षक, विद्यार्थी र अभिभावकहरूसँग (जुम मार्फत)अनलाईन बैठक गरे पछि यसबाट झनै आँट बढ्यो हामी नयाँ अभ्यास गर्दै थियो परीक्षामा कुनै कुनै कक्षामा २/३ प्रतिसत मात्र अनुपस्थित भए । थालनी गरे सफलता मिल्छ भन्ने अनुभूति भएको प्रअ गुरुङले भन्नुभयो “विद्यार्थीको इन्टरनेटको पहुँच छैन भनेर हचुवाको भरमा केही नगरी बस्ने हो भनेत विध्यार्थी शिक्षक र विद्यालय अघि नबढ्ने रहेछ । ” विद्यार्थीहरूले वाइफाइ र डाटाबाट इन्टरनेट पहुँच बढाएका छन् । त्यसले अनलाइनबाट परीक्षा सम्भव भएकाे विद्यार्थीहरू बताउँछन् । 191144656_569106004280096_4427747701639086875_n

विद्यालयका शिक्षक दिपक पौडेल भन्नुभयो हामीले धेरै नयाँ कुराको प्रयोग गरेका होइनौं यसभन्दा अगाडि धेरै ठाउँमा र धेरै विद्यालयले प्रयोगमा ल्याएका बिधीबाट परीक्षा सञ्चालन भएको हो । सामाजिक सञ्जालबाट परीक्षाकाे समय तालिका सेयर गरियाे । सुरुमा विद्यार्थीहरू कसरी परीक्षामा सहभागी होलान् भन्ने चिन्ता थियो तर अपेक्षा गरेका भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए । अनलाइन परीक्षाको पहिलो दिन केही विद्यार्थीको छुटेपनि दाेस्रो दिनमा फेरि सम्पर्कमा आएर अनलाईनको माध्यमबाट नै पुन: परीक्षामा समावेश भएका थिए ।

समग्रमा हाम्रो ९५ प्रतिशत भन्दा बढी विद्यार्थी परीक्षामा समावेश भएका छन् । केही बाँकी रहेका बालबालिकाहरूलाई हामीले टेलिफोनको माध्यमबाट प्रश्न सोधेर मूल्यांकन गरेका छौं पौडेलले भन्नुभयो । कालिका गाउँपालिकाको निर्देशनमा कक्षा ४, ५, ६, ७, ९ र ११ को पहिलो चरणमा परीक्षा सम्पन्न भयो भने कक्षा ८ को आधारभूत तहको उतीर्ण परीक्षा र कक्षा १० को नियमित तथा खुल्ला दुवै एसइइ टेष्ट परीक्षा भने जेठ २५ गतेबाट सञ्चालन हुने भएको छ । कक्षा १देखि ३ सम्म निरन्तर विद्यार्थी मूल्यांकनबाट प्रक्रियाबाट परीक्षा हुने र अझै महामारीको अवस्था रहिरहेमा अनलाइन कक्षा सञ्चालन गर्ने समेत विद्यालयले जनाएको छ । यो परीक्षाले आगामी दिनमा अझै व्यवस्थित रुपमा अनलाइन परीक्षा सञ्चालन गर्न मद्दत मिलेको विद्यालयले जनाएको छ ।

Online Exam

Online Exam

Comments

comments