कालिका गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

257900051_10225473796807767_5711022888206781482_n

रसुवा, कालिका गाउँपालिकाको सार्वजनिक सुनुवाई वडा नं ५ स्थित नीलकण्ठ नमूना उच्चमावि  प्रङ्गणमा शनिबार स्थानीयबासी, संचरकर्मी, जनप्रतिनिधी तथा गाउँपािलका कर्मचारीकाे सहभागितामा सम्पन्न भयो । 259425574_10225473766727015_5513764814536574954_n

मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइमा सरोकारवालाहरूले गाउँपालिका भवन निर्माणमा ढिलाइ भएको, विनाशकारी भूकम्पका कारण ध्वस्त नीलकण्ठ नमूना उच्च मावि भवन पुनर्निर्माण हुन नसकेको, विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएको , कालिका–५ भदौरेमा २ वटा उपभोक्ता समितिलाई खानेपानीको जलस्रोत उपभोगका लागि मूल दर्ता गरी दिएकोले विवाद भएको, धारापानी रुप्सेपानी जिवजिवे सडकमा पहिले बिनियोजन भएको ५५ करोड रकम बारे के हुन्छ ? टोल विकास संस्थाकोलाई प्रभावकारी तरिकाले सञ्चालन नगरेको जस्ता विषयमा सरोकारवालाहरुले प्रश्न गरेका थिए ।259347027_10225473776967271_2552329833904564496_n

कार्यक्रममा राप्रपाका टिका देवकोटा, जनता समाजवादीका कृष्णबहादुर तामाङ, नेपाली काँग्रेसका शाधुराम पौडेलले जनप्रतिनिधी कुनै दलबाट चुनिएपनि बहुमत प्रतिपक्षमा छ भन्ने कुरा बिर्सन नहुने र उनीहरूको आवाजपनि समेट्नु पर्ने र दल बिशेषको नभइ स्थानीय तहले प्रतिपक्ष र जनताको भावना बुझेर काम गर्नुपर्ने बताउनुभयो ।

259473901_10225473791287629_7756239490948991818_n
कार्यक्रममा योजना अधिकृत लीलानाथ नेपालले आव ०७७/०७८ को वार्षिक प्रगति प्रस्तुत गर्नुभयो । सहजकर्ताको तर्फबाट हेमनाथ खतिवडाले नागरिक प्रतिवेदन तथा वर्हिगमन अभिमत समेत प्रस्तुती गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य अर्जुनप्रसाद पौडेल, वडा अध्यक्ष रामहरी देवकोटा, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटा, कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले सार्वजनिक सुनुवाइमा उठेका सवालमा स्प्रष्ट गर्नुभएको थियो ।

257900051_10225473796807767_5711022888206781482_n

Comments

comments