रसुवा, स्वास्थ्य समस्याका कारण विगत दुई वर्षदेखि उपचाररत पत्रकार कमल पौडेललाई आज एक कार्यक्रमका बीच मकालु टेलिभिजनले समाचार प्रमुखकाे रूपमा स्वागत गरेको छ ।
क्यान्सरबाट पीडित पौडेल विगत दुई वर्षदेखि उपचाररत हुनुहुन्थ्यो । क्यान्सरलाई परास्त गरेर पूर्ववत अवस्थामा फर्किएपछि टेलिभिजनले औपचारिक कार्यक्रम गरेर पौडेललाई स्वागत गरेको हो । पौडेललाई मकालु मिडिया प्रालिका अध्यक्ष दिनेश सुवेदी, साहित्यकारसमेत रहनु भएकी टेलिभिजनकी निर्देशक प्राज्ञ गंगा सुवेदी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस सुवेदी, निर्देशक दिपेश सुवेदी, अञ्जना कट्टेल सुवेदी, सविता ओझा सुवेदी, फाइनान्स प्रमुख वीरेन्द्रकुमार भगत, कार्यक्रम उत्पादन शाखाका प्रमुख अभयकुमार राई, सहसम्पादक मीनकुमार नवोदितलगायत विभिन्न विभागका प्रमुखहरुले खादा लगाएर स्वागत गर्नु भएको थियो । त्यस्तै सोही समारोहमा समाचार संयोजकका रुपमा नियुक्त हुनु भएकी अञ्जना कट्टेल सुवेदीलाई समेत टेलिभिजनका तर्फबाट खादा लगाएर स्वागत गरिएको थियो ।
६ महिनायता टेलिभिजनमा जोडिएका समाचारसहित विभिन्न शाखाका कर्मचारीहरुलाई पनि स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले लगानीकर्ताका तर्फबाट सम्पादकीय स्वतन्त्रताप्रति कहिल्यै पनि हस्तक्षेप नगरेको बताउनुभयो । त्यस्तै टेलिभिजनका सिइओ दिवस सुवेदीले संस्था एकजनाले मात्रै नचल्ने बताउँदै सबै कर्मचारीहरुबीचको सहकार्य र एकताले मात्रै संस्था बलियो हुने बताउनुभयो ।
कार्यक्रममा समाचार प्रमुख पौडेलले दुई वर्षपछि जिम्मेवारीमा फर्किंदा यति ठूलो स्वागत गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो । नवनियुक्त समाचार संयोजक अञ्जना कट्टेल सुवेदीले टेलिभिजनलाई समय र दर्शकको चाहना अनुसार परिमार्जित बनाउँदै लग्नुपर्नेमा जोड दिनुभयो । उहाँले निकट भविष्यमै टेलिजिन केही नयाँ परिवर्तनका साथ प्रस्तुत हुने उद्घोषसमेत गर्नुभयो । कार्यक्रम उत्पादन शाखाका प्रमुख अभयकुमार राईले समाचार प्रमुख पौडेलको आगमनले आफूहरुमा ऊर्जा थपिएको बताउनुभयो । ब्लड क्यान्सरबाट पीडित पौडेल दुई वर्षको उपचारपछि पूर्ववत् जिम्मेवारीमा फर्किनु भएको छ ।
Related Posts
- विद्यालयलाई पाठ्यपुस्तक, मास्क तथा स्यानिटाइजर हस्तान्तरण
- नौकुण्ड गाँउपालिका खुला दिशामुक्त क्षेत्र घोषणा
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नाका कारण बारे सेमिनार
- नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन
- मानव जीवनको लागि सौन्दर्य अति अपरिहार्य छ – वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ